2026-08-29 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पालिका स्तरीय विपद ब्यबस्थापन समिति गठन हुने

जेठ ११ अर्घाखाँची। अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सबै विषयगत कार्यलयहरु तयारी अबस्थामा रहने निर्णय गरेको छ । 

 बिपदको समयमा तत्काल उद्धार र राहतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि नेपाली, सेना, नेपाल प्रहरी, जनस्वास्थ्य, जिल्ला बन कार्यलय, खानेपानी कार्यलय, रेडक्रस,  गैर सरकारी सस्था र राजनितक दलका कार्यक्रताहरु सक्रिय भएर लाग्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । 

उद्धारको लागि नेपाली सेना र नेपाल प्रहरी तथा बिपदको समयको लागि चाहिने अत्याबस्यक ओषधी जिल्ला स्वास्थ्यय कार्यलयले तयरी अबस्थामा राख्ने, राहतको लागि रेडक्रस तथा अन्य निकाय तयारी अबस्थामा रहने र अन्य कार्यलयहरुले दिने सुविधा छिटो भन्दा छिटो प्रदान गर्ने बिषयमा बैठकमा छलफल भएको थियो । 

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल, नेकपाका जीबनारायण कोइराला, छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, जिल्ला बन कार्यलयका प्रमुख दिपक गौतम, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, रेडक्रसका जिल्ला सभापति शम्भु पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसि, प्रदेस सदस्य प्रेमनारायण आचार्य,  सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, भुमिकास्थान नगरपालिकाका हरि प्रसाद अर्याल, पाणिनिका तिलक गौतम, मालारानीका नेत्र खनाल, गैरसरकारी सस्था महासंघका ठाकुर अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो