८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पालिका स्तरीय विपद ब्यबस्थापन समिति गठन हुने

११ जेष्ठ २०७५, शुक्रबार ०६:५०

जेठ ११ अर्घाखाँची। अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सबै विषयगत कार्यलयहरु तयारी अबस्थामा रहने निर्णय गरेको छ । 

 बिपदको समयमा तत्काल उद्धार र राहतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि नेपाली, सेना, नेपाल प्रहरी, जनस्वास्थ्य, जिल्ला बन कार्यलय, खानेपानी कार्यलय, रेडक्रस,  गैर सरकारी सस्था र राजनितक दलका कार्यक्रताहरु सक्रिय भएर लाग्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । 

उद्धारको लागि नेपाली सेना र नेपाल प्रहरी तथा बिपदको समयको लागि चाहिने अत्याबस्यक ओषधी जिल्ला स्वास्थ्यय कार्यलयले तयरी अबस्थामा राख्ने, राहतको लागि रेडक्रस तथा अन्य निकाय तयारी अबस्थामा रहने र अन्य कार्यलयहरुले दिने सुविधा छिटो भन्दा छिटो प्रदान गर्ने बिषयमा बैठकमा छलफल भएको थियो । 

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल, नेकपाका जीबनारायण कोइराला, छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, जिल्ला बन कार्यलयका प्रमुख दिपक गौतम, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, रेडक्रसका जिल्ला सभापति शम्भु पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसि, प्रदेस सदस्य प्रेमनारायण आचार्य,  सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, भुमिकास्थान नगरपालिकाका हरि प्रसाद अर्याल, पाणिनिका तिलक गौतम, मालारानीका नेत्र खनाल, गैरसरकारी सस्था महासंघका ठाकुर अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो