2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको कार्मारोङ्ग अस्पताल बन्न थालेसंगै स्थानीय बासी खुसी

नन्द बहादुर रोकाया/जेठ ११, मुगु | मुगु जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्न थालेसंगै स्थानीयबासी खुसी भएका छन । 

आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएका स्थानीय अस्पताल बन्न थालेसंगै औषधि उपचार गराउन पाउने भन्दै खुसी भएका हुन । 

साविकका पाँच गाविस रहेको मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाल सरकारद्धारा सञ्चालित पाँचवटा  स्वास्थ्य चौकी र तीनवटा प्रसुती गृह रहेपनि स्वास्थ्यकर्र्मी नबस्ने र औषधी अभावका कारण प्रायजसो गर्भवती महिलाको स्वास्थ्य संकटमा पर्दै आइरहेकाले सामुदायिक अस्पताल बन्न थाले संगै स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो । 

विगतमा सामान्य चोट पटकदेखि रुघा खोकी लाग्दा समेत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भेट्नु त के प्राथमिक उपचार र परामर्श समेत नपाएर फर्कनुपर्ने बाध्यता रहेको अध्यक्ष लामाले बताए । ठूलै चोटपटक लाग्दा होस या त गर्भवती महिलालाई वेथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकप्टर चार्टर गरेर काठमाडौं र नेपालगन्ज लैजाने गरेपनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुख भोग्नु परेको गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग तामाङ्गले बताइन । 

आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला अस्पताल लैजान नसक्दा विगतमा दर्जन जति गर्भवतीको ज्यान गइसकेको र अब बन्न लागेको सामुदायिक अस्पतालमा विपन्न, गरिब तथा गर्भवती महिलाहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउने आशा जागेको उपाध्यक्ष तामाङ्गले बताइन।छाँया नेपाल नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको प्राविधिक तथा मुगुम कार्मारोङ्ग गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोगमा गाउँपालिको रिउस बगरमा  स्थानीयबासीले निशुल्क जग्गा उपलब्ध गराएपछि प्रसुती गृह सहित ६ शैयाको सामुदायिक अस्पतालको शिलान्यास गरि कामको शुरुवात गरिएको छ र । 

गैर सरकारी संस्थाको ५५ लाख र २० प्रतिशत गाउँपालिकाको लगानीमा अबको एक वर्ष भित्र अस्पतालको निर्माण कार्य सम्पन्न हुने अस्पाताला निमार्णमा संलग्न हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुका अध्यक्ष मिन रावलले बताउनुभयो । निमार्ण भएको सामुदायिक अस्पात निमार्ण पश्चात नेपाल सरकार लाई हस्तान्तण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ