Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठे पुल भत्काउदा आवत जावतमा समस्या

By kit 5 मिनेट पढाइ

नन्द बहादुर रोकाया/जेठ १३, मुगु | मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर दुई शिरानी चौरस्थित माला गुम्बा भएर छापाखोला हुँदै डोल्पा जाने बाटोमा मुगु कर्णाली माथी बनाईएका तिनवटा काठे पुल भत्काउदा यार्सा टिप्न हिमाल जाने संकलकलाई आवत जावतमा समस्या भएको छ ।

मुगु गाउँका स्थानीयवासीले चिताई कुना, माला गुम्बा र छापा खोला जाने नदि माथी बनेका पुलबाट चोरहरु बन प्रवेश गरेको भन्दै पुल भत्काएको बताएका छन । पुल भत्काएपछि माला गुम्बामा तिन पुस्ता देखि घर बनाएर बसोवास गर्दै आएका एक परिवारलाई आवत जावतमा समस्या भएको छ ।

यो वेला यार्सा संकलनमा जानेहरु यहि पुल तरेर जाने , बास वस्ने , दैनिक उपभोग्य वस्तु किनेर लैजाने भए पनि पुल नहुँदा वर्ष भरिकै आम्दानी चौपट भएको ८० वर्षीया याङ्गजोम मिडिक लामाले बताईन । आँखा नदेख्ने मान्छेलाई पुल भत्काउने निर्णयमा सहि गराए, चोरहरुबाट प्रहरीले रकम अशुलेर बन पठाएकाले सधैंको लागि पुल नबनाउने भन्दै सबै गाउँले आएर पुल भत्काई दिएको उनले बताईन ।

चोरहरु प्रहरीले बन पठायो भन्दैमा एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्न, व्यपार व्यवसाय गर्न पाउने अधिकार गाउँलेहरुले हनन गरि दिएको ८० वर्षीया बृद्धाकी छोरी हिस्से साङ्गमु लामाले बताईन । सुरक्षाकर्मिले रकम असुलेर चोरहरु बनमा पठायो भन्दैमा बाटो बन्द गर्नु भन्दा अरु उपाय खोज्नु पर्ने हो तर व्यापार बढि हुन्छ भनेर मेरो घर जान आफैले बनाएको पुल भत्काई दिए  उनले भनिन । घरमा हामी आईमाई मान्छे मात्र छौ दाईहरु सबै भारतमा बस्छन ।

महिला देखेर हामीलाई हेला गरे ।

सुरुमा साविकको मुगु गाविसले  नदि माथी पुल बनाई दिएको र गाउँलेले दुई पटक भत्काउदा आफ्नै खर्च व्यहोरेको लामाको भनाई छ । चार वर्ष यता त्यहि पुलबाट प्रहरीले बदमासी गरेर चोरलाई बनमा पठाउदै आएको र यो पटक सयौको संख्यामा चोरलाई बन पठाएर सिमा प्रहरी चौकिबाट खटिने प्रहरीले लाखौ रकम अशुलेकाले गाउलेहरुले पुल भत्काएको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ मुगु गाउँका अध्यक्ष कार्मा तामाङ्गले बताए ।

यार्साका वेला मात्र नभई हिउँदमा पनि चोरी शिकारी गर्नेहरु माला गुम्बाको पुल तर्ने र पारी पट्टि रहेको घरमा आश्रय लिएर बन्य जन्तु शिकार गर्ने भएकाले गाउँ पालिकाबाटै पुल भत्काउने निर्णय गरिएको उनले बताए ।

यार्सा संकलन गर्न हिमाली पाटन गएका मान्छेहरुलाई मात्रै नभएर डोल्पा भएर आवत जावत गर्ने पर्यटकहरुलाई समेत सास्ती हुने भएको छ । जेठ देखि कार्तिकसम्म यो बाटो भएर बाह्य पर्यटक आवत जावत गर्ने गरेको स्थानीयवासीले बताएका छन ।