2026-10-27 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

काठे पुल भत्काउदा आवत जावतमा समस्या

नन्द बहादुर रोकाया/जेठ १३, मुगु | मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर दुई शिरानी चौरस्थित माला गुम्बा भएर छापाखोला हुँदै डोल्पा जाने बाटोमा मुगु कर्णाली माथी बनाईएका तिनवटा काठे पुल भत्काउदा यार्सा टिप्न हिमाल जाने संकलकलाई आवत जावतमा समस्या भएको छ ।

मुगु गाउँका स्थानीयवासीले चिताई कुना, माला गुम्बा र छापा खोला जाने नदि माथी बनेका पुलबाट चोरहरु बन प्रवेश गरेको भन्दै पुल भत्काएको बताएका छन । पुल भत्काएपछि माला गुम्बामा तिन पुस्ता देखि घर बनाएर बसोवास गर्दै आएका एक परिवारलाई आवत जावतमा समस्या भएको छ । 

यो वेला यार्सा संकलनमा जानेहरु यहि पुल तरेर जाने , बास वस्ने , दैनिक उपभोग्य वस्तु किनेर लैजाने भए पनि पुल नहुँदा वर्ष भरिकै आम्दानी चौपट भएको ८० वर्षीया याङ्गजोम मिडिक लामाले बताईन । आँखा नदेख्ने मान्छेलाई पुल भत्काउने निर्णयमा सहि गराए, चोरहरुबाट प्रहरीले रकम अशुलेर बन पठाएकाले सधैंको लागि पुल नबनाउने भन्दै सबै गाउँले आएर पुल भत्काई दिएको उनले बताईन ।

चोरहरु प्रहरीले बन पठायो भन्दैमा एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्न, व्यपार व्यवसाय गर्न पाउने अधिकार गाउँलेहरुले हनन गरि दिएको ८० वर्षीया बृद्धाकी छोरी हिस्से साङ्गमु लामाले बताईन । सुरक्षाकर्मिले रकम असुलेर चोरहरु बनमा पठायो भन्दैमा बाटो बन्द गर्नु भन्दा अरु उपाय खोज्नु पर्ने हो तर व्यापार बढि हुन्छ भनेर मेरो घर जान आफैले बनाएको पुल भत्काई दिए  उनले भनिन । घरमा हामी आईमाई मान्छे मात्र छौ दाईहरु सबै भारतमा बस्छन । 

महिला देखेर हामीलाई हेला गरे । 

सुरुमा साविकको मुगु गाविसले  नदि माथी पुल बनाई दिएको र गाउँलेले दुई पटक भत्काउदा आफ्नै खर्च व्यहोरेको लामाको भनाई छ । चार वर्ष यता त्यहि पुलबाट प्रहरीले बदमासी गरेर चोरलाई बनमा पठाउदै आएको र यो पटक सयौको संख्यामा चोरलाई बन पठाएर सिमा प्रहरी चौकिबाट खटिने प्रहरीले लाखौ रकम अशुलेकाले गाउलेहरुले पुल भत्काएको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ मुगु गाउँका अध्यक्ष कार्मा तामाङ्गले बताए । 

यार्साका वेला मात्र नभई हिउँदमा पनि चोरी शिकारी गर्नेहरु माला गुम्बाको पुल तर्ने र पारी पट्टि रहेको घरमा आश्रय लिएर बन्य जन्तु शिकार गर्ने भएकाले गाउँ पालिकाबाटै पुल भत्काउने निर्णय गरिएको उनले बताए ।

यार्सा संकलन गर्न हिमाली पाटन गएका मान्छेहरुलाई मात्रै नभएर डोल्पा भएर आवत जावत गर्ने पर्यटकहरुलाई समेत सास्ती हुने भएको छ । जेठ देखि कार्तिकसम्म यो बाटो भएर बाह्य पर्यटक आवत जावत गर्ने गरेको स्थानीयवासीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने