२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दर्जनौं बस्तीमा खानेपानीको हाहाकार

२०७५, १३ जेष्ठ आईतवार ०७:५४

धनबहादुर भण्डारी/जेठ १३ डडेल्धुरा | लामो समयदेखि वर्षा नहुँदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । 

पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ । 

करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराउनुभयो । 

फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्या देखिएको छ । परशुराम नगरपालिका–७ स्थित बड्डीमलासको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो पानी भर्न समस्या भएको स्थानीयवासीको दुखेसो छ । 

बड्डीमलासमा मात्र नभई जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पनि खानेपानीको समस्या छ । मलास क्षेत्रमा रहेका पिलकोट, भूमिथला, काजीगडा, कसान, बस्न्यौटा, गौरीखान, दधिगडा, खोरिया, जामिरगडा, पुरानपानी, आइडुग्रा, सुवाखान, पल्गडी, सिमलबण्डलगायत डेढ दर्जनभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पहाडी भेग अजयमेरु, वेलापुर चिपुर, देवल, भागेश्वर, रुपाल, अशिग्राम, मणिलेक, कोटेलीका गाउँमा पनि खानेपानीको हाहाकार शुरु भएको स्थानीयवासी बताउँछन् । 

परशुराम नगरपालिकाको चुरै क्षेत्रसँगै आलिताल गाविसअन्तर्गत चुरे क्षेत्रमा रहेका बस्तीमा समेत खानेपानीको सङ्कट देखिएको छ । आलितालका फल्लेखर्क, दोबाटा, कुजरयानीलगायत बस्तीमा समेत खानेपानीको सङ्कट उत्पन्न भइरहेको स्थानीय अगुवा रघुवीर धामीले बताउनुभयो । 

त्यसैगरी खानेपानीको मुहान मर्मत नहुँदा र पानीको मूल सुकेर जाँदा अभाव भई हाहाकार भएको रुपालदान टमटाले जानकारी दिनुभयो । बाह्र महिना प्रशस्त पानी हुने मुहानमा समेत अहिले गाग्रो पानी भर्न पनि घण्टाँै लाग्ने भएपछि चुरे क्षेत्रका बासिन्दा गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौतारिने गरेको स्थानीयवासी अंगवीर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“डेढ घण्टा ओरालो झरेर खोरिया खोलाबाट पानी बोक्नुपर्ने अवस्था आएको छ ।” 

गाउँमा रहेका खानेपानीका पुराा मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको आलितालका बासिन्दा नन्दसिंह विष्टले राससलाई बताउनुभयोे । मलास क्षेत्रका झण्डै दुई सय घरपरिवारका लागि खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न समस्या भएको हो । लामो समय पानी नपरेपछि जमीन सञ्चित हुन नपाएको र मुहान सुकेर जान थालेपछि समस्या आउन थालेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ । 

वर्षौ पहिले निर्माण गरिएको खानेपानीका योजना मर्मत नहुँदा पनि धेरैजसो गाउँमा खानेपानी समस्या देखिएको खानेपानी कार्यालय डडेल्धुराले जनाएको छ । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान कुवा, नौलासमेत सुकेपछि महिला तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका छन् । अत्यन्तै संवेदनशील मानिने चुरे क्षेत्रलगायत सरकारी तथा सामुदायिक वनमा वर्षेनी भइरहेको वन विनाशका कारण पानीका मुहान सुकेको स्थानीय अगुवा बताउँछन् । 

वनजङ्गल क्षेत्रमा जथाभावी सडक निर्माणले पनि पानीको मूल सुकेको स्थानीयवासीको भनाइ छ । सडक निर्माणका कार्यका लागि ठूलाठूला डोजर, स्काइभेटरजस्ता साधनको कम्पनले मूल सुकेको खानेपानी कार्यालयले जनाएको छ । समयमा नै खानेपानीका मूल संरक्षंण नगर्ने हो भने जिल्लाको उच्च पहाडी क्षेत्र महाभारत र चुरे आसपासका बस्तीसँगैं सदरमुकाम र अन्य ग्रामीण बस्तीमा अझै समस्या उत्पन्न हुने देखिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला