२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको चेपाङ बस्तीमा अनिकाल, दुई छाक टार्न पनि धौ धौ

२०७५, १३ जेष्ठ आईतवार ०८:१७

नारायण अधिकारी/जेठ १३ चितवन | जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । 

राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उहाँले भन्नुभयो, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।” 

काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताउनुभयो । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उहाँको गुनासो थियो । एक दुई घर होइन, सबैको पीडा उस्तै छ । 

काउलेका पदमबहादुर चेपाङले यो समस्या पहिलेदेखि हुँदै आएको बताउनुभयो । स्थानीय तह बने पनि यो समुदायको अनिकालको समस्या टार्न कसैको चासो नभएको उहाँले बताउनुभयो । सबैका घरमा खाद्यान्न सिद्धिएको र बारीमा खानेकुरा उत्पादन भइनसकेकाले अनिकाल लागेको उहाँको भनाइ थियो । 

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले सबैलाई अनिकाल लागेकाले केही गर्ने उपाय नरहेको बताउनुभयो । यो समय नै अनिकालको समय भएको भन्दै उहाँले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिनुभयो । 

आयआर्जन बढाउन कतिपय ठाउँमा बाख्रा वितरण गरिएको भन्दै वडाध्यक्ष चेपाङले त्यस क्षेत्रका बासिन्दाको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा चेपाङ समुदायले अनिकाल व्यहोर्नु पर्ने अवस्था समाधान हुन्थ्यो भन्नुभयो । 

“चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।” नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भन्नुभयो, “मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल भोकमरी नै हुन्छ ।” 

विगतमा यतिबेला फल्ने गरी कागुनो रोप्ने गरिए पनि पछिल्लो समय त्यो खेती पनि राम्रो हुन छाडेपछि उनीहरुले रोप्न छोडेको र पिडालु, जंगली तरुलजस्ता कन्दमूल र चमेरा पनि नपाउने हुँदा संकट परेको उहाँले बताउनुभयो । 

यतिबेला चेपाङले निमेक ज्याला र ऋण गरेर खोले फाँडो खाने, माउ सिस्नो खाने, चिउरी मगाएर खाने गर्छन् । 

जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३६३ छ । उनीहरुमध्ये आधाको आफ्नै नाममा जग्गा दर्ता छैन । उनीहरुको जग्गाबाट भएको उब्जनीले जेनतेन छ महिना चल्ने भएकाले जेठ असारमा अनिकाल नै व्यहोर्नु पर्ने भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण