२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रदेश नं ७ को दोस्रो ठूलो पाटन विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

१३ जेष्ठ २०७५, आईतवार ११:५२

विनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । 

विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको हो । 

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तसम्म ठेक्काको म्याद भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको छ ।” अहिलेसम्म विमानस्थल स्तरोन्नति गर्ने कार्यअन्तर्गत ७० प्रतिशत काम सकिएको नागरिक उड्डयन मन्त्रालयका इन्जिनियर एवं साइड सुपरभाइजर कविता भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ढिलो गरी काम शुरु भएको र बीचमा पानी परेकाले काममा केही ढिलाइ भएको छ”, सबबेस र बेसको काम वर्षात्भरि सक्ने हिसाबले काम भइरहेको छ । अब दशैँको आसपासमा विमानस्थलमा कालोपत्रे गरिसक्ने हिसाबले काम हुने साइड सुपरभाइजर भट्टले बताउनुभयो । 

करीब रु १३ करोडको लागतमा पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिँदै छ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । विसं २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्न बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर) तयार पारिएको थियो । 

सोही डिपिआर अनुसार विमानस्थललाई स्तरोन्नति गरी पुनः सुञ्चालन गर्न ठेक्का आह्वान गरेर काम शुरु गरिएको हो । कालोपत्रे असारमा सक्ने भनिएकामा समयमा नसकिने भएपछि स्थानीय बासिन्दा भने निराश भएका छन् । 

विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको उनीहरूको गुनासो थियो । 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण शुरु भई २०३५ सालदेखि कच्ची स्थानमै हवाई सेवा शुरु भएपनि २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो । 

प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । नौ सय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थलका रुपमा रहेको छ । 

पाटन विमानस्थल कालोपत्रे भएर सञ्चालनमा आए यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने सरोकारबालाले बताए । विमानस्थल सञ्चालन भएमा भारतीय पर्यटकसमेत आउने स्थानीय दिनेश विष्टको भनाइ थियो । 

पर्यटकीय गन्तव्य बनाउन सकिने 

नेपाल सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ । 

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकामको रूपमा परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको सो स्थानमा नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायत क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । 

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ थियो । विमानस्थल पुनःसञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ जानकारी दिँदै उहाँले भन्नुभयो, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।” 

बैतडीमात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागिसमेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताउनुभयो । दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल र बैतडीको धार्मिकस्थलको अवलोकनका लागि पर्यटक भित्र्याउनसमेत उक्त विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले त्यहाँ व्यापारसमेत फस्टाउने देखिएको छ । 

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित भएको र पाटन विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको विकास हुने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला