हेटौडा ९ नंम्वर वडाले दियो डाक्टर सहिको घरदैलो स्वास्थ्य सेवा

Posted on: 28 May, 2018

जेठ १४, मकवानपुर | हेटौडा उपमहानगरपालिका वडा नंम्वर ९ले आफ्ना वडा वासिको लागि डक्टर सहिको घरदैलो स्वास्थ्य सेवा दिएको छ। 

वडा कार्यालयको आयोजनामा, टोल बिकाश सस्था वडा समन्वय समितिको ब्यवस्थापन र हेटौंडा सिमेन्ट उधोगको सहयोगमा घर दैलो सेवा दिएको हो । सवै उमेर समुहका वडावासीको स्थास्थ्य परिक्षण गरेको र विषेश गरेर ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकको भने वायोडाटा पनि संकलन गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जनाकारी दिनुभयो । 

कार्यक्रममा वडावासीको उत्साहजनक सहभागिता रहेको र १२ दिने कार्यक्रमबाट १५ सयले सेवा लिएको पनि उहाँले बताउनुभयो । विशेष गरि उच्च रक्त चाप मधुमेह, थाइराइड जस्ता स्वास्था समस्या वडावासीमा देखिएको परिक्षणमा संलग्न डाक्टर सुस्मा हुजदारले जनाकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!