जिल्लाका ४६ हजार ७ सय घरधुरीमा जनचेतनामुलक र सचेतनामुलक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाका ४६ हजार ७ सय घरधुरीमा जनचेतनामुलक र सचेतनामुलक "/>

2026-09-19 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ प्रहरीले थाल्यो जनचेतनामुलक स्टीकर टाँस अभियान

चिसाङ शेर्पा/जेठ÷१४ खोटाङ | जिल्ला प्रहरी कार्यालय दिक्तेलले स्टीकर टाँस अभियान सुरु गरेको छ । 

जिल्लाका ४६ हजार ७ सय घरधुरीमा जनचेतनामुलक र सचेतनामुलक स्टीकर टाँस अभियान थालिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ र जिल्ला प्रहरी कार्यालय दिक्तेलको आयोजनामा सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाँटडाडाँबाट टाँस्न थालिएको स्टीकर दुइ नगरपालिका, आठ गाउँपालिकाका सबै घरमा महिना दिनमा टाँस गर्ने लक्ष्य छ ।

घरगाउँमा कुनै घट्ना÷दुर्घट्ना भएमा वा सुरक्षा आवश्यक परेमा प्रहरीलाई तुरुन्त खबर गर्नका लागि सहज होस भनेर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई राजविराज, जिल्ला प्रहरी कार्यालय दिक्तेल, प्रहरी टोल फ्रि नम्बर, प्रहरी कन्ट्रोल र ट्राफिक कन्ट्रोल नम्बर सहितको स्टीकर टाँस अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।  

प्रनाउ थापाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १४ हजार ३२७, हलेसी तुवाचुङ नगरपालिका ४ हजार ३ सय ६, ऐसेलुखर्क गाउँपालिका ३ हजार २ सय २५, केपिलासगढी गाउँपालिका ३ हजार ९ सय ७८, साकेला गाउँपालिका २ हजार ७ सय १७, खोटेहाङ गाउँपालिका ५ हजार ७ सय १३, दिपु्रङ चुइचुम्मा गाउँपालिका ४ हजार ४ सय ५७, रावाबेंशी गाउँपालिका ३ हजार ६४, जन्तेढुंगा गाउँपालिका २ हजार ६ सय ५९ र बराहपोखरी गाउँपालिकाको २ हजार २ सय ५४ घरमा जनचेतनामुलक स्टीकर टाँस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई