पाँचौ वार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पाँचौ वार्षिक"/>

२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नयाँ एफएमद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा विद्याथहिरुलाई झुल वितरण

१४ जेष्ठ २०७५, सोमबार ०८:२६

जेष्ठ १३, अर्घाखाँची | नयाँ मिडिया प्रणालीद्धारा संचालित नयाँ एफएम ८७.६ मेगाहर्जले आज पाँचौ वर्ष पार गरी छैँठौँमा वर्षमा प्रवेस गरेको छ । 


पाँचौ वार्षिकोत्सवको अवसरमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति केन्द्रका विद्याथहिरुलाई झुल बितरण गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयमा रहेका विद्यार्थिहरुको लागि झुल वितरण गरिएको हो ।

२०७० जेठ १३ गतेबाट प्रशारण शुरु गरेको नयाँ एफएमले हरेक वर्ष स्थापना दिवस मनाउने गरेको छ ।

त्यस्तै स्थापना दिवसको अवसरमा रेडियोले उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पाँच नं प्रदेश सदस्य शोभाखर पन्थीलाइ नगद पुरस्कार सहित उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रम सन्धिखर्क नगरपालीकाका उप प्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यता , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , निमिक्त प्रहरी प्रमुख प्रदिप कुमार डिसी , रामवाण गुल्मका गुल्मपति अनिल केसी , नेपाल प्रत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जिसी लेकाली ,सीआजी अध्यक्ष मुक्तिनाथ भुसाल , नेपाल पत्रकार महासंघ ५ नं. प्रदेस सदस्य प्रेमनारायण आचार्य , जिल्लामा रहेका सम्पूर्ण रेडियोका प्रमुख , जिल्लामा रहेका संचारकर्मि , निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयकी प्रअ कमला भुसाल  लगायतको आतिथ्यता रहेको थियो 

कार्यक्रममा बोल्दै सनपा उप प्रमुख ठाकुर कु विकले नयाँ एफएमले गरेको यो कार्य एकदमै प्रशंसा योग्य रहेको भन्दै शुकामना व्यक्त गरेका थिए । उनले संचार माध्यम , संचार कर्मि तथा पत्रकारले सत्य र निस्पक्ष रुपमा रहेर पत्रकारीता गर्नु पर्ने बताए । 

उनले  बन्दुकको गोली भन्दा पत्रकारको एक शब्द शक्तिशाली र महान हुने बताए । 

त्यस्तै विद्यालयकी प्रअ कमला भुसालले विद्यार्थीहरुलाई झुल वितरण गरेर रेडियोले पुण्य र सरहानीय काम गरेका भन्दै यस्तो सहयोग सबैले गरे अनाथ र फरक क्षेमता भएका बालबालिकाको भविष्य उज्वल बन्नेमा दुइमत नरहेको र अभिभावक बिहीनताको महसुस गर्नु नपर्ने बताइन । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल समाजिक उत्तर दायित्व बहन गरेकोमा रेडियोलाई धन्यवाद दिएका थिए ।

त्यस्तै  नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले संचारको क्षेत्रमा नयाँ एफएम ले अत्यन्तै महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै निरन्तरताको निम्ती सुभकामना दिएका थिए । 

नेपाल पत्रकार महासंघ ५ नं प्रदेस सदस्य शोभाखर पन्थीले अर्घाखाँचीको संचार जगतमा छुट्टै र विशेष भूमीका रहेको बताउँदै अझ गुणस्तरीय प्रसारणका निम्ती आग्रह गरेका थिए । कार्यक्रम रेडियोका स्टेसन म्यानेजर हरी प्रसाद भुसाल , सहायक स्टेसन म्यानेजर माधव बेल्वासेको स्वागत तथा विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

आम श्रोताको मन जित्न सफल यो रेडियो हाल दैनिक १८ घण्टा प्रसारण हुन्छ । यो जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १ पटुवाथुममा रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र