२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रायमाझी विरुद्ध वलात्कार मुद्धा दर्ता

२०७५, १४ जेष्ठ सोमबार ११:२२

प्रेम सुनार/जेठ–१४ गुल्मी। झण्डै एक महिना अघि गुल्मीको भुवाचिदी वजारमा गरियो भनिएको वलात्कार  मुद्धा आईतवार दर्ता गरी आज सोमवार म्याद थप गरिएको छ । बैशाख २२ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडा नम्वर ४ की  २१ बर्षिया एक विवाहित महिलालाई वलात्कार गरेको आरोपमा  साविकको कुर्घा गाविस वडा नम्वर ५ भुवाचिदी बजारका ३५ वर्षिय किशान भन्ने जिवन रायमाझी विरुद्ध उक्त मुद्धा दायर गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरनगकुमार द्धिविधीले यस्तो जानकारी दिएका हुन् । हिजो देखि प्रहरी हिरासतमा रहेका रायमाझी भने वलात्कार अभियोग  स्वीकार नगरेको श्रोतले बताएको छ । ति महिलाले उक्त दिन विहान करिव साढे दश बजेको समयमा पसलको गोदामा लगेर मुख थुन्दै गर्भ निरोधक साधन प्रयोग गरी वलात्कार गरेको र त्यस पछि सय रुपैयाँ नगद र सर–समान दिई पठाएको बताएकी छन् ।

अस्थाई साधन प्रयोग गरेकोले गर्भ  रहँदैन भन्ने ठानेर आफुले सो कुरा कसै संग भन्न नचाहेको तर पछि जेठी पट्टिकी छोरीले वावु संग ति पसले संग आमा केहि वेर भित्र वसेको बताए पछि उक्त कुरा आफुले खोलेको उनको भनाई छ ।

उनि पाल्पा माईती घर भई  विवाहित पुरुषले  छाडे पछि पाँच महिना अघि गुल्मीका एक श्रीमतिको मृत्यु भएका ४२ वर्षिय पुरुष संग दोश्रो विवाह गरी आएकी थिईन । उनले पाल्पामा माग्दै हिड्ने गरेको र गुल्मीमा पनि माग्दै हिड्ने क्रममा ५ हजार रुपैयाँ उठाई सकेको बताईन ।

उनलाई उनको माईती घर पाल्पाको साविकको पालुङ्ग मैनादीका वडाध्यक्ष निलबहादुर राजकोटीले तानसेनको पुनास्थापना केन्द्रलाई सहयोगको सिफारिस सम्वन्धि पत्र दिएका छन् । त्यसलाई देखाउँदै उनले सहयोग माग्दै हिड्ने गरेकी हुन् । उक्त पत्रमा उनको मानसिक अवस्था समेत विग्रेको उल्लेख छ ।

के मेरो श्रीमानको तस्वीरले  वलात्कार गर्यो ?

यसै विच अन्य  रिस ईवीका कारण आफ्ना श्रीमानलाई फसाईएको भन्दै आरोपित रामयमाझीकी श्रीमति तारा रायमाझीले आक्रोष लिएर सदरमुकाम आएकी छन् ।  ‘उहाँ र म बैशाख २१ गते शुक्रवारका दिन मेरो माईती ईन्द्रगौडा गएका थियौं। अर्को दिन साँझको खान समेत खाएर हामी बुढाबुढी र छोरी संगै घर फर्किएका हौं’– आक्रोषित मुद्रामा उनले भनिन–‘  यस्तै गरी हामी महिलाहरुले आरोप लगाउँदै र प्रहरीले पत्यााउँदै जानेहो भने अव अरु धेरै पुरुषहरु फस्ने छन्  ख्याल  गरौं ।’  

उनले भनिन् –‘ हिड्नु होस मेरो गाउँमा बुझन् । 

त्यस दिन हामी कहाँ थियौं ।  त्यस दिन दिनैभर हाम्रो पसल बन्द भएको नदेख्ने को छ ? ति महिलाले वलात्कार ग¥यो भनिएको राशन गोदाम कहाँ छ ?  ति महिलालाई बोकेर हिडेकी एक महिलाले गोदामको फोटा खिचेकी छन भन्ने पनि सुनेकी छु ।

जुन गोदाम अर्कैको खिचिएको छ ।  शुक्रवारको दिन हामी भुवाचिदी कै घिमिरे होटलका  साहुजीको गाडी चढेर गएका थियौ । अर्को दिन कति वजे फर्केका थियौं भन्ने कुरा पनि डाईभर संग बुझ्दा हुन्छ । 

मेरा साथमा मेरो श्रीमान नभएको भए  र यस्तो आरोप लगाईको भए मैले यदि  ठहर हुन्छ भने जेलको सजाय मात्र होईन फाँसीको सजाएँ देउ भनेर आफै माग गर्थे ।  जुन दिन वलात्कारको आरोप लगाईएको छ त्यस दिन हामी संगै छौ त के उनलाई वलात्कार मेरो श्रीमानको तस्वीरले वा भुतले ग¥यो  ? ’

उनले थपिन–‘ ७ वर्ष भयो हाम्रो विवाह भएको ।  

कुनै दिन मेरो श्रीमान प्रति शंका गर्ने  ठाउँ रहेन । दुई सन्तान सहित सुखी दाम्पत्य जिवनमा आगो लगाउने काम भएको छ ।  उनको आरोप छ –‘ अर्की एक  महिलाले वलात्कृत भनिएकी महिलालाई प्रयोग गरी रहेकी छन् ।

सहयोग मागरे हिड्दै गरेकी उनलाई केहि रकमले पनि प्रलोभित पार्नु  स्वभाविक हुन आउँछ म उनलाई भेट्न चाहन्छु  । कसैले प्रलोभित पारेको भए त्यसले पोल्ने छ उनलाई म सम्झाउन चाहन्छु ।  केहि दिन अघि स्थानियको पैसा नतिरेको भन्दै ति महिला विरुद्ध प्रहरीमा उजुरी हालिएको थियो ९५ हजारको तमसुक बनाईएको थियो । त्यसमा जिवन रायमाझीले पनि अगुवाई गरेका थिए । त्यसको रिस ईवीबाट मेरो श्रीमानलाई फसाउने षडयन्त्र हो, जुन धेरै दिन टिक्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा