2026-08-25 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किराती सभ्यताको उद्गमस्थल तुवाचुङ जयाजुङ

चिसाङ शेर्पा/जेठ÷१५ खोटाङ | खोटाङ सदरमुकाम दिक्तेलबाट पश्चिमतर्फ बसमा डेढ घण्टा, बाइकमा एक घण्टा र त्रिधार्मिक तीर्थस्थल हलेसीबाट अगाडी पुर्वपट्टि बसदेखी आधा घण्टामा पुग्न सकिने धार्मिक तथा पर्यटकीय स्थल हो ‘तुवाचुङ जयाजुङ’ डाडाँ अर्थात किराती सभ्यताको आदिम उद्गम थलो ।

पछिल्लो समयमा टाढा टाढाका दुरबस्तीहरु नियाल्न, फोटो खिच्न अधिंकास मानिसहरु पुग्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटक तान्ने एउटा महत्वपुर्ण गन्तब्य स्थल बन्दै गएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा समुन्द्री सतहबाट १७ सय ५८ मिटर उचाईमा पर्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटनका लागि जिल्लामा सवैभन्दा वढि विकसित हुदै गएको स्थान हो । 

आफंैमा उच्च उचाइमा रहेको डाडाँ पौराणिक किंवदन्ती, प्राकृतिक तथा कृतिम विभिन्न धार्मिक संरचनाहरुले तुवाचुङ जयाजुङ डाडाँ आफै चर्चामा छ । गएको मंसिर २ गते किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतिमा प्रतिस्थापन र यातायात सुविधाका कारण डाडाँमा आउने मानिसको चाप बढ्दै जान थालेको छ । 

दिक्तेल–हलेसी सडकलाई काखमा बोकेर उभिएको डाडाँमा किराती किंवदन्ती अनुसार पातेसुङले दुई श्रीमती विवाह गरेका थिए । किरात राई योयाख्खा सदस्य तथा स्थानिय रकम रोदुङले भने,‘दिलीदुङका छोराछोरी तयामा, खियामा, भाई रैछाकुले हुन् । अर्का श्रीमती डाकुहमा चाहि निसन्तान थिई ।

तुवाचुङ जयाजुङ डाडाँमा किराती चेलीद्धय तयामा, खियामा दिदी बहिनीले कपास छर्ने र तान बुन्ने काम गर्थे । उहाँले भन्नुभयो, “तयामा, खियामाका भाइ रैछाकुले वरीपरी डाडाँमा शिकार खेल्ने गरेका कुरा पौराणिक किंवदन्तीमा पाईन्छ ।” किरातीहरुको आदिम उद्गम थलो, औधोगिक क्रान्तीको युग र मानविय पोशाकको सुरुवात भएको तुवाचुङ जयाजुङबाट नै अन्नको पहिचान भएको किराती किंवदन्तीमा पाईन्छ ।

तयामा खियामाका भाइ रैछाकुले डाडाँमा ढुकुर, चराचुरुङगीको शिकार गर्दथे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । उनले चराचुरुङ्गीको गाँडमा भएको मकै, कोदो, जमिनमा फाल्दा उम्रेको देखे, मेयर राईले भने,“चराले खानेकुरा मान्छेले पनि खान हुन्छ भन्ने शिक्षा उनै रैछाकुलेबाट आएको हो ।”

बर्षमा दुइ पटक उभौली र उधौली साकेला पर्व मनाईने तुवाचुङ जयाजुङ डाडाँमा तान बुन्ने स्थान अहिले पनि अवलोकन गर्न सकिन्छ । सोही नगरपालिकाको महादेवस्थान वडाको नागिबाट २० मिनेटको जंगल उकालो पछि क्रमशः तान बुन्ने स्थान, तयामा खियामाको प्रतिमा, साकेला थान, रैछाकुलेको प्रतिमा, वाबु (चिण्डो), भुमे थान देख्न सकिन्छ । 

तयामा, खियामा, भाइ रैछाकुलेको प्रतिमा निर्माणमा देश विदेशबाट आर्थिक सहयोग गर्ने सहयोगदाताहरुको नाम सहितको विवरण नजिकै रहेको कृतिम ठूलो वाबु (चिण्डो)मा नामाकरण गरिएको छ । प्रतिमा प्रतिस्थापन गर्ने चर्चाकै कारण प्रतिमा प्रतिस्थापन अघि मनमोहक डाडाँमा रसुवा, लाङटाङ, भुटानमा बसोवास गरिहेका किराती पर्यटकहरु तुवाचुङ जयाजुङ डाडाँमा अवलोकनका लागि आएका थिए ।

किराती सभ्यताको उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँमा उभिएर उत्तरतर्फ सल्ले, ओखलढुंगा, सोलुखुम्बु, सगरमाथा दक्षिणमामा सुनकोशी नदी, खाल्लेस्थित मनमाया राई खानीडाडाँ विमानस्थल, कालिका भगवती मन्दिर मझुवा, उदयरपुर जिल्लाको कटारी, सिराह, सप्तरी, सप्तकोशी, भारदह लगायतका पुर्वका १६ जिल्ला नियाल्न सकिन्छ । त्रिधार्मिक स्थल हलेसी महादेवस्थान देखी केही माथी रहेका कारण पनि तुवाचुङ जयाजुङ डाडाँ भविष्यमा उज्जवल भविष्य बोकेको पर्यटकीय स्थल हुन सक्ने स्थानियबासीको आशा छ ।  

नगरपालिका भित्रका किराती थातथलोका पहिचान गरी एकीकृत गूरुयोजनाका लागि जिओ फिजिकल सर्भे गरी सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताए । गूरुयोजना बनाइ नगरभित्र अन्य स्थानमा कहाँ कहाँ सांस्कृतिक, धार्मिक, पुरातात्विक स्थलहरु छन । त्यसलाई घेराबारा गर्नेछौ । उहाँले भन्नुभयो,“निकट समयमा तुवाचुङ जयाजुङ डाडाँमा किरात संस्कृतीको चिण्डो आकारको भ्यू टावर र खुल्ला संग्राहलय बनाउने योजनामा छौ ।” 

हाल दैनिकरुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने तुवाचुङ जयाजुङ डाडाँमा खानेपानी, बस्ने फलैचा र शौचालयको आवाश्यक छ । तुवाचुङ जयाजुङ डाडाँको थप व्यवस्थित, प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका लागि आवाश्यक मागहरु के के हुन् भनेर तुवाचुङ जयाजुङ संरक्षण समितिलाई लिखित पत्र नै बुझाई सकिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग