२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

“म माथी अन्याय भएको छ, ‘मलाई न्याय चाहियो” : निमित्त प्रमुख साह

१५ जेष्ठ २०७५, मंगलवार १७:०३

जेष्ठ १५, सिरहा । मिर्चैया क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताएका छन् । ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर यादवले भने ‘दिउंसै गुण्डा आएर कलेज प्रमुखलाई कुटपिट गरेको छ ।’ ‘कुटपिट गर्ने कलेजका पूर्व प्रमुख संजय कुमार साहलाई पक्राउ गरी प्रहरी प्रशासनले तीन दिनमै रिहा गरिएको छ ।’ ‘शान्ति सुरक्षाको अवस्था दयनीय रहेकोले बजार र ग्रामिण क्षेत्रमा गुण्डागर्दी बढ्ेको छ ।’ 


ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजय कुमार साहको नेतृत्वमा रहेको समूहले कलेजमा पुगेर कुटपिट गरेपछि पूर्व प्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको थियो । निमित्त प्रमुख साहले भने ‘म माथी अन्याय भएको छ, ‘मलाई न्याय चाहियो ।’ ‘कुटाईले मेरो लेफ्ट साईडको टाउंको भित्री रुपले फ्याक्चर भएको छ भने नाक अझै पनि दुख्ने गरेको छ ।’ ‘पेन किलर खाएर पिडा सहन गरिरहेको छु ।’ 

करिब ६ बर्षदेखि मधुरी साह कलेजका व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् । अध्यक्ष साहले आफ्ना भन्जा संजयलाई कलेजको प्रमुख बनाएर जग्गा दान गरिएपनि त्यसको बद्लामा कलेजमा हैकमबादी गरिरहेको कलेजले बताएका छन् ।  मामा–भन्जा मिलेर बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको संचालक समितिको आरोप रहेको छ । 

कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज संचालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो । संचालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते खारेज भएको थियो । अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो । 

कलेज संचालक समितिको म्याद पछिल्लो मंसिर १६ गते सकिएपछि त्रिविले मधुरी साहलाई समितिको अध्यक्षमा पुनः ६ महिनाको लागि म्याद थपेर पाँच सदस्यीय समिति बनाई विधान संशोधन गर्न जिम्मा दिएको भएपनि उनले कार्यादेश विपरीत कलेज प्रमुख नियुक्त गरेको कलेजले बताए । 

नियमित पठनपाठनको माग सहित गत माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि निमित कलेज प्रमुख उमेश साहको उपस्थितिमा ४ बुँदे सहमति गरी वैशाख ६ गतेदेखि कलेज संचालनमा आएको हो । 

यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्सपेक्टर श्यामल सुब्बाले भने ‘शान्ति सुरक्षाको निवेदन दिए हामी निमित्त प्रमुख उमेश साहलाई संरक्षण गर्न तयार छु ।’ ‘यसको लागि प्रहरी निगरानी बढाउंछु, अपराधीलाई नियन्त्रणमा लिने जिम्मा हाम्रो हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान