Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खोटाङमा बाँदरका कारण किसानको खेतमै बास

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १७ खोटाङ | पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् ।

चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् ।

गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही खान नपाएपछि गाउँ पसेको बाँदरले अहिले मकै नष्ट गर्न थालेको स्थानीय पदम हिङमाङले जानकारी दिनुभयो ।

“बाँदरले घरमा राखेको मकै समेत खाने गरेको छ,” उहाँले भन्नुभयो । साप्सु खोलादेखि सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकैमाथि छहरे खोला र खरबारी ठाडो खोल्सी हुँदै पिप्लेसम्म बाँदरको विगविगी बढेको छ । माछाटोल हुँदै मार्सेमा पनि बाँदरको उस्तै विगविगी बढेको छ ।

बाँदरले क्षति गरेपछि स्थानीयवासीले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने वा क्षतिपूर्तिी दिनुपर्ने माग गर्दैआएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदरले क्षति पुर्याउने गरेको छ । रासस