संवाद समूह झापाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संवाद समूह झापाक"/>

५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

गुरुकुलमा अब बिना विभेद पढ्न पाउने, आन्दोलन स्थगित

१७ जेष्ठ २०७५, बिहीबार ०८:४६

जेठ १७, बिर्तामोड। गुरुकुल जातीय विभेदविरुद्ध संयुक्त दलित संघर्ष समितिले दुई सातादेखि जारी राखेको आन्दोलन बिहीबारबाट स्थगित गरेको छ । 


संवाद समूह झापाको संयोजन र मानवअधिकारवादीहरुको सहजीकरणमा बिहीबार बिर्तामोडमा भएको छलफलमा पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो । 

छलफलमा संविधान प्रदत्त समानताको हक, सामाजिक न्यायको हकप्रति प्रतिबद्ध हुँदै राष्ट्रिय गुरुकुल शिक्षा परिषद् झापाले आगामी दिनमा सबैको भावनाको सम्मान गरेर बिना भेदभाव, गुरुकुलहरुमा इच्छुक विद्यार्थीलाई आवाससहित पठन पाठनको व्यवस्था मिलाउने सहमति भएको छ ।झापामा २७ वटा गुरुकुल रहेका छन् । सहमतिसँगै अब सबै गुरुकुलमा दलित लगायत सबै इच्छुक विद्यार्थीले आवास सुविधासहित पढ्न पाउने भएका छन् । 

भद्रपुर–६ को श्री कृष्ण द्वैपायन वेद विद्याश्रममा इलामका दलित विद्यार्थी ८ वर्षीय विकास कार्कीढोलीलाई आवास सुविधासहित भर्ना गर्ने÷गराउने समेत सहमति भएको छ । बालक विकासलाई गुरुकुलभित्र कुनै पनि विभेद नहुने वातावरण सिर्जना गर्न गुरुकुल सञ्चालक, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था, संवाद समूह, पत्रकार महासंघ झापा लगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । 


छलफलमा संघर्ष समितिले कृष्ण द्वपायन गुरुकुलको प्रशासन शाखामा जेठ ३ गतेदेखि गरेको तालाबन्दी बिहीबार नै खोल्ने, गेटमा राखिएको कालो झण्डा हटाउने र पठनपाठनको सहज वातावरण बनाउने सहमति भएको छ । सहमति अनुसार बिहीबार नै संवाद समूह, मानवअधिकारवादी, राष्ट्रिय गुरुकुल शिक्षा परिषदका प्रतिनिधिको रोहवरमा संघर्ष समितिका संयोजक टीकाराम मग्रातीले ताला खोल्नुका साथै कालो झण्डा हटाएका छन् । 

सामाजिक सद्भाव, आपसी मेलमिलाप र शान्तिप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा कुनै समस्या आए आपसी छलफल र संवाद प्रक्रियाबाट अघि बढ्ने समेत सहमति भएको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए । छलफलको सहजीकरण मानवअधिकार सञ्जाल झापाका सचिवालय प्रमुख तथा पूर्वाञ्चल मानवअधिकार रक्षक परिषद्का सहसंयोजक विष्णु खरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य रुपक खनाल, झापा उपाध्यक्ष राम मैनाली, मानवअधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विवेक निरौलाले गरेका थिए । 

छलफलमा सहभागी प्रदेश नं. १ कि प्रदेश सभा सांसद जसमाया गजमेरले संविधानको सम्मान गर्दै  अघि बढ्न र आपसी सद्भाव र मेलमिलापलाई ख्याल गर्न जोड दिइन् । सहमतिमा संघर्ष समितिका तर्फबाट संयोजक मग्राती, सहसंयोजक रञ्जित परियार, सचिव छविलाल विश्वकर्मा, सदस्य वीरबहादुर दर्नाल, गोपाल लकान्द्री, हरिकुमार दियाली, हर्कमाया विकले हस्ताक्षर गरेका छन् । 

त्यस्तै राष्ट्रिय गुरुकुल शिक्षा परिषद् झापाका तर्फबाट अध्यक्ष डिल्लीराम दाहाल, सचिव खगेन्द्र निरौला, सदस्य लक्ष्मीप्रसाद खनाल, केशवप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । कृष्ण द्वैपायन गुरुकुलका तर्फबाट उपाध्यक्ष शान्ता बराल, महासचिव प्रेमप्रसाद भट्टराई, सचिव अग्नीप्रसाद दाहाल, विशेष सल्लाहकार दुर्गाप्रसाद भट्टराई लगायतले हस्ताक्षर गरेका छन् । 

घटना विवरण

घटना २०७५ वैशाख १८ गतेको हो । इलाम–५ का तुलसी भट्टराईले अभिभावकविहीन बालक ८ वर्षीय विकास कार्कीढोलीलाई गुरुकुलमा भर्नाका लागि भद्रपुर ल्याए । विकास ४ वर्षको हुँदै उनका पिताको निधन भएको र आमाले समेत छोडेर अर्कैसँग गएपछि उनीसहित तीन दाजु–दिदीको विचल्ली भएको थियो । मावलीमा बस्दै आएका उनीहरु मध्ये विकासलाई उनका मावली हजुरबुबाले भट्टराई समक्ष अनुरोध गर्दै– ‘यो नातिलाई कुनै गुरुकुलमा भर्ना गरिदिए आवासीय रुपमा पढ्ने र दलित समुदायमा अभाव रहेको पुरोहितको समस्या पूर्तिमा सघाउ पुग्ने’ इच्छा व्यक्त गरेका थिए । त्यही बमोजिम भट्टराईले विकासलाई डोर्याउँदै इलामसँगै झापाको साधुटार, अर्जुनधारा, दमक, चारपाने, ज्यामिरगढी लगायतका गुरुकुल पुगे । 

सबैतिर ‘दलितलाई आवाससहित भर्नाको अनुमति छैन’ भन्ने जवाफ पाएपछि आफूले जाने बुझेको गुरुकुल झापाको सदरमुकाम भद्रपुरको श्री कृष्ण द्वैपायनमा पुर्याए । त्यहाँ त्यहाँ पनि आवासीय रुपमा होइन, बाहिरै राखेर पढाउन सकिने जवाफ पाए । त्यसपछि उनले दलित अधिकारकर्मीहरुसँग सम्पर्क गरे । दलित अधिकारकर्मीहरुले गुरुकुलमा यो ठूलो जातीय विभेद रहेको निष्कर्षसहित त्यसको अन्त्यका लागि अभियान अघि बढाए । उनीहरुले जेठ ३ गते नै गुरुकुलको प्रशासनमा तालाबन्दी गरे । त्यसपछि दुई दर्जन बढी दलित संगठनको भेलाले पाँच सय ५१ सदस्यीय संघर्ष समिति र २१ सदस्यीय बनाए । 

६ गते उनीहरुले तीन बुँदे मागसहित जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए । उनीहरुका मागमा विभेदकारी गुरुकुलको खारेजी, गुरुकुलमा जातीय विभेद गर्नेलाई कानूनी कारवाही र निर्विवाद–विभेदरहित ढंगले गुरुकुलमा दलित विद्यार्थीले पढ्न पाउनुपर्ने रहेका छन् । त्यसपछि उनीहरुले विभेद गर्नेलाई स्थानीय तहबाट दिने सबै सेवा बन्द गर्ने स्वघोषणापत्र जारी गर्न सात दिने अल्टीमेटमसहित जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेललाई ज्ञापनपत्र बुझाए । 

जेठ ८ गते जिल्ला प्रशासनमा वार्ता भयो, तर बिना निष्कर्ष टुंगियो । 

नेपाल पत्रकार महासंघ झापाले जेठ १३ गते उक्त विषयलाई लिएर छलफल गरायो भने १४ गते संवाद समूहले शुरुमा  मानवअधिकारकर्मी र दलित अधिकारकर्मीहरु बीचको छलफलबाट वार्ताको चरण शुरु गरेको थियो । संवाद समूहकै संयोजनमा १५ गते कृष्ण द्वैपायन गुरुकुलमा त्यहाँका सरोकारवालासँग छलफल भयो भने सोही दिन प्रमुख जिल्ला अधिकारी दाहालसँग मानवअधिकारवादी तथा संवाद समूहको टोलीले छलफल गरेको थियो । 

सोही दिन बिहान गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले पनि उनी प्रहरी नियन्त्रणमै छन् । सहमतिपछि आन्दोलन स्थगन भएसँगै अब जतिसक्दो छिटो कानूनी प्रक्रिया पूरा गरी चापागाईलाई रिहा गर्न सम्बन्धित पक्ष सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता