2026-09-08 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका स्थानीय तहहरु बजेट र कार्यक्रम बनाउदै

जेठ १७, सल्यान। सल्यानका स्थानीय तहहरुले आर्थीक वर्ष २०७५।०७६ को लागी योजना तर्जुमा प्रक्रिया शुरु गरेका छन् । योजनाहरु कसरि प्रभावकारि बनाउने र जनचाहना अनुसारको बजेट बनाउन भन्दै स्थानीय तहहरु योजना तर्जुमा प्रक्रियामा लागेका हुन् । जस अनुसार कपुरकोट गाउँपालिकाले पनि विहिवारदेखि प्रक्रिया सुरु गरेको छ । राजस्व परामर्श समितीको बैठक बसेर गाउँपालिकाले प्रक्रिया प्रारम्भ गरेको हो ।

बैठकमा आगामी आर्थिक वर्षका लागी करका दायराहरु, राजस्व नीती र चालू आर्थीक वर्षमा आन्तरिक आयको समिक्षा र आगामी वर्षको अनुमान गरिएको राजस्व परामर्श समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले जानकारि दिइन्  ।  

चालु आर्थीक वर्षमा ५५ लाख ७० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकोमा हाल सम्म २९ लाख ५० हजार रुपैयाँ मात्रै जम्मा भएको राजस्व शाखाका प्रमुख विष्णु आचार्यले जानकारि दिएका छन् । उनका अनुसार जिल्ला समन्वय समितीबाट निकासि कर तथा वन रोयल्टी वापतको रकम एवम् मालपोत कार्यालयबाट रजिष्ट्रेशन वापतको रकम जम्मा हुन सकेको छैन ।

बैठकमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले व्यवशायको क्षेत्रलाइ हेर्ने गाउँपालिकाको नजर एउटै हुने बताउँदै कसैलाइ मार पर्ने नभइ व्यापार व्यवशायलाइ फाइदा पुग्ने गरि गाउँपालिकाले निर्णय गर्ने बताए ।

कपुरकोटमा असार ९ गते गाउँसभा

यसैविच कपुरकोट गाउँपालिकाले आगामी असार ९ गते गाउँसभा बैठक आयोजना गर्नेगरि कार्यतालिका बनाएको छ । यहि जेठ २३ देखि २६ गतेसम्म वस्ती स्तरिय योजना भेला गरिसक्ने, २७ देखि २९ गते सम्म वडा स्तरिय योजनाहरुको प्राथमिकीकरण र २९ गते नै प्राथमिकीकरण भएका योजनाहरु वडा कार्यालयबाट अनुमोदन गर्ने कार्यक्रम रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले जानकारि दिए ।

उनका अनुसार असार ३ र ४ गते विभिन्न विषयगत कार्यालयहरुको बैठक बस्ने छ भने ५ गते श्रोत अनुमान तथा बजेट निर्धारण समितीको बैठक बस्ने छ । यस्तै ६ गते बजेट तथा कार्यक्रम समितीको बैठक बस्ने र ७ गते एकिकृत बजेट तथा कार्यक्रम समितीको बैठक बस्ने केसीले बताए । असार ८ गते कपुरकोट गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बजेट तथा कार्यक्रम अनुमोदन गर्ने छ भने ९ गतेको गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम पेश हुने छ ।   

गाउँसभामा पेश गरिएको बजेट तथा कार्यक्रमलाइ असार १० गते सभाबाट स्वीकृत गराउने योजना रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारि दिएका छन् । यस विचमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत सहितको उच्त्चस्तरिय टोलिले कपुुरकोट गाउँपालिकाका सबै वडाहरुको सघन अनुगमन गर्ने छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता