2026-08-29 09:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विश्व धुम्रपानरहित दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

जेठ १८, अर्घाखाँची | मे ३१ तथा जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । 

संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगबारे जिल्ला स्वास्थ्य कार्यालयका पूर्व स्वास्थ्यकर्मी तथा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लिलाराम गौतमले क्यान्सर रोगबारेमा प्रकाश पार्नुभएको थियो । संस्थाको गतिविधी र भावी कार्यक्रम बारे अध्यक्षले प्रकाश पार्नुभएको थियो । 

संस्थाका सचिव कुशल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापती शम्भु पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, रेडक्रसका उपसभापती कमल घिमिरे, अर्बूद संस्थाका उपसभापति नारायण पौडेल, रेडक्रसका उपसभापति कैलाश कुमार श्रेष्ठ, सिएमए क्याम्पसका प्रमुख तथा अर्बूद संस्थाका द्रोणप्रसाद भुसाल,  लुहेस्को अध्यक्ष कृष्णप्रसाद बन्जाडे, अर्बूद संस्थाकै सूर्य थापा, सुनीता बेलबासे, पत्रकार महासंघ अध्यक्ष हिम लेकाली, सन्चारकर्मी सहयोगी बिसी, ज्येष्ठ नागरिक भिमलाल भुसाललगायत विद्यालयका जुरेस गोष्ठीमा सहभागी शिक्षक नायक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी सबैले आफू र घरपरिवारलाई धूम्रपानरहित बनाउन प्रतिबद्ध रहने भन्दै हस्ताक्षरसमेत गर्नुभएको थियो । कार्यक्रममा पोष्टर, पम्पलेट, वितरण गरिएको थियो । संस्थाले क्यान्सर रोग लागि पीडित भएकाहरूलाई उपचारको निम्ति सहयोग गर्दै आएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो