2026-08-29 09:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

जेष्ठ १८, अर्घाखाँची | नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीका संयोजक कमलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापती शम्भु पोखरेलले कार्यक्रमले विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा सिकाएको भन्दै कार्यक्रम सफलतामा पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । गोष्टि समापनमा शिक्षक नायकको तर्फबाट शिवमदन मावी सतीनेटाकि शिक्षिका सीता बन्जाडे,  नुवाकोट माविका प्रधानाध्यापक पानबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले कार्यक्रमको प्रभावका बारेमा चर्चा गर्दै आफूहरू रेडक्रसको सहयोगको निम्ति सदा तत्पर रहेको बताउनुभयो । 

जिल्लामा रहेका मावी र आधारभूत विद्यालयका ३४ विद्यालयको सहभागिता रहेको गोष्ठीमा विद्यार्थी, शिक्षक नायक, आयोजक गरि १५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको सहजीकरण रेडक्रसका सभापती शम्भु पोख्रेल, उपसभापति कमल घिमिरे, कैलाश कुमार श्रेष्ठ, सदस्य कुशल भुसाल लगायतले गर्नुभएको थियो । गोष्ठीले नुवाकोट १० बूदे घोषणापत्र जारी गर्दै रेडक्रसले गर्नुपर्ने कामको बारे आफूहरू प्रतिवद्ध हुने बताइएको छ । गोष्ठीमा सहभागीहरूलाई प्रमाणपत्र र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सन्चालन नुवाकोट माविका जु. रे. स. शिक्षक नायक काशिराम गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो