2026-09-08 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिपमुलक तालिमबाट रोजगारीको अवसर सृजना हुने

शंकर के सी/जेठ १८, सल्यान। सिपमुलक तालिमबाट युवाहरुलाइ रोजगारीको अवसर सृजना हुने भएकाले यसतर्फ स्थानीय सहभागीहरुले जोड दिएका छन् । वक्ताहरुले नेपाल भित्रै विभिन्न रोजगारीको अवसरहरु रहेपनि विदेशीनै पर्छ भन्ने मानसिकतालाइ त्याग्नुपर्ने कुरा पनि औँल्याएका छन् ।

रोजगार सूचना केन्द्र तुलसिपुर दाङले सल्यानको कपुरकोटमा शुक्रबार आज आयोजना गरेको रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनसंग रोजगार विनियम सेवा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरु यस्तो बताएका हुन् । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आगामी आर्थीक वर्षका लागी गाउँपालिकाले कार्यक्रम तथा बजेट बनाउने प्रक्रिया थालनी गरेको जनाउँदै युवाहरुलाई उनीहरुको चाहना अनुसारको सिप सिकाउने तालिमका लागी बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए ।

उनले भने, ‘अव आउने आर्थीक वर्षमा कपुरकोट गाउँपालिकाका कम्तीमा पनि ५० जना युवालाइ सिपयुक्त बनाउने हाम्रो योजना छ ।’ कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशसकिय अधिकृत जीवराज केसी, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती लगाएतकाले बोल्दै सूचना केन्द्रले रोजगारदाता र रोजगारिको खोजीमा रहेकाहरुलाइ बढि भन्दा बढि सेवा दिने विश्वास व्यक्त गरे ।

सूचना केन्द्रको बारेमा जानकारि दिदै सूचना केन्द्र तथा व्यावसायिक तथा सीप बिकास तालीम केन्द्र दाङका प्रमुख सुदर्शन अधिकारिले केन्द्रको बारेमा जानकारि दिदै बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्नु, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजि गर्नु, बजार सम्बन्धि सुचनाहरु विधुतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सुचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउनु  नै आफुहरुको मुख्य उद्देश्य रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता