2026-10-18 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भगवति असल शासन रेडियो श्रोता समुहको आयोजनामा अन्तरक्रिया तथा वक्तृत्वकला

जेठ १८, अर्घाखाँची | भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरेपछि त्यसको प्रभावकारीता तथा महत्वको बारेमा छलफल तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । 

श्रोता समुहको आयोजना, सरस्वति माबि भुस्खात र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । 

१२ प्रतियोगि सहभागि रहेको प्रतियोगितामा नारायण प्रसाद पाण्डे प्रथम, सुशल पाण्डे द्धितीय, रेशम पाण्डे तृतीय र करुणा पाण्डे सान्त्वना भएका छन् । कार्यक्रममा प्रमुख अतिथि एवं एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालले शिक्षा क्षेत्रमा गुणस्तरीयता, समय सापेक्षी शिक्षा दिने सरकारले लिएको नीतिलाई पुरा गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर अभिबृद्धि गर्न पनि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । बिशिष्ठ अतिथि बिद्यालय प्राचार्य ठाकुर प्रसाद पाण्डेले बिद्यालयले बिगत लामो समय देखि नै अंग्रेजी माध्यममा शिक्षा दिन सुरुवात गरेको भन्दै गाउँपालिकाले लिएको शैक्षिक नीति र बिद्यालयको नीतिमा मेल खाएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेष खनाल, नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश सभा सदस्य प्रेम नारायण आचार्य लगायतले कार्यक्रमले बिद्यार्थीको क्षमताको अभिबृद्धि गर्न सघाउ पुगेको बताउनुभएको थियो । श्रोता समुहका सचिव कृष्ण पाण्डेको अध्यक्षता, सहजकर्ता लक्ष्मी पाण्डेको सञ्चालन रहेको कार्यक्रममा परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बिषयवस्तु तथा अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु