२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एक सय चौध विद्यालय बाहिर रहेका बालबालिका विद्यालय भर्ना

२०७५, १९ जेष्ठ शनिबार १७:२१

प्रमिला बुढा मगर | जेठ १९, रोल्पा | त्रिवेणी गाउँपाललिकाले यस वर्ष सञ्चालन भएको विद्यार्थी भर्ना अभियानमा एक सय चौध बालबालिका ४५ बालिका र ६९ बालक साथै ७ जना अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना भएका छन । 

विद्यालय बाहिर रहेका २ सय ५ बालबालिकालाई विद्यालय भर्ना गराउन त्रिवणी गाउँपालिका र स्थानिय संध संस्थाहरु संग हातेमालो गरेर विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो । विद्यालय बाहिर रहेका ७ देखि १३ बर्षका  बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि ७ वटा ठाउँमा १०० दिनको वैकल्पिक कक्षा संचालन गरिएको थियो र प्रत्येक वडा कार्यालयले विद्यार्थी भर्ना गर्नेका लागि आफ्ना मातहतको संयन्त्रहरु परिचालन गएको थियो । जनप्रतिनिधिहरुले अनिवार्यरुपमा विद्यालय बाहिर रहेका बालबालिकाको घर भेटी भर्ना गर्न अभिप्रेतिर गर्न काम गरेका थिए । 


यस पालिकाका ४० वटा विद्यालयका शिक्षक, विव्यस, अभिभावक र बाल क्लबहरुले प्रत्येक टोल टोलमा भर्ना अभियान संचालन गरेका थिए र स्थानिय एफ.एम. प्रत्रपत्रिकासंग पालिका, सेभ द चिल्ड्रेन र हुरेक रोल्पा साझेदारी गरेर विभिन्न सन्देश मुलक कायक्रमहरु प्रशासण गरेका थिए ।  गाउँ शिक्षा समितिका अनुसार अझै पनि विद्यालय उमेरका ९१ जना बालबालिकाका विद्यालय भर्ना हुन सकेका छैनन् । विद्यालय भर्ना हुन नसकेका बालबालिकाहरुलाई भर्ना गराउन विशेष अभियान संचालन गरेर भर्ना गराउने गाउँ शिक्षा समितिका अध्यक्ष कबिराज बुढाले बताउनु भयो । 


‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नारासहित शैक्षिकसत्रको सुरुमै अभियान आरम्भ गरिएको थियो । गाउँपालिकाले विद्यार्थी भर्ना अभियान २०७५को आर्दश राष्ट्रिय नारा “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा”का साथै अन्य नाराहरु “सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गरौं” र “अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यव्रmम कार्यान्वयनका लागि सहयोग गरांै” तयार गरि भर्ना अभियान संचालन गरेको थिया । जोखिम तथा सिमान्कृत बालबालिकाहरुलाई सहयोग गर्नका लागि पालिकाले रु दस लाख, सेभ द चिल्ड्रेन र हुरेक बाट रु पाँच लाख गरेर जम्मा १५ लाखको आपतकालिन कोषको व्यवस्था गरेको पालिकाका अध्यक्ष शान्त कुमार वली बताउनु भयो ।


विद्यालय बाहिर रहेका बालबाकिाहरुलाई विद्यालयका टिकाइ राख्न तथा बालश्रम नियूनिकरणका लागि शैक्षिक सामाग्री सहयोग, सकारात्मक अभिभावक शिक्षा कक्षा संचालन, जिवनपयोगी कक्षा संचालन, जोखिम तथा सिमान्कृत बालबालिकाका अभिभावकहरुलाई आर्यआर्जन वृद्घिका लागि सिप मूलक तालिमहरु र ब्राखा र कुखुरा ५०/५० वटा घर परिवारलाई सहयोग गर्ने योजना रहेको हुरेकका कार्यक्रम संयोजक कुमार पोख्ररेलले बताउनु भयो । यस गाउपालिकामा सेभ द चिल्ड्रेनको र हुरेकको साझेदारीमा एकिकृत र हामी सिक्न सक्छौं परियोजनाहरु संचालन भई रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस