२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

स्वरोजगार बन्दै रोल्पाली महिला

२० जेष्ठ २०७५, आईतवार ०६:३९

जेठ २०, रोल्पा | चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् । 

स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी हुन सहज भएको छ । 

रोल्पा नगरपालिकाका महिलाले भने आर्थिक सशक्तीकरणका लागि सीपको जरुरी रहेको भन्दै एक महिने होजीयारी तालीममा सहभागिता जनाएका छन् । नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी २४ जनाको सहभागितामा सो तालीम सञ्चालन भइरहेको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । 

घरमै बसेर महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । रोजगारीका लागि महिलासमेत विदेश जाने प्रवृत्तिमा वृद्धि भइरहेको बेला स्वरोजगारमूलक यस्ता तालीमले स्वदेशमै बसेर पेशा व्यवसाय गर्न प्रेरित गर्ने सहभागीले बताएका छन् । 

उता माडी गाउँपालिकाले महिलाको नेतृत्व विकास तालीम सञ्चालन गरेको बताएको छ । अझै पनि सामाजिक संरचनामा महिलाको सम्मानजनक र सन्तोषजनक प्रतिनिधित्व नभएकाले गाउँपालिकाबाट बजेट विनियोजन गरी तालीम आयोजना गरेको माडी गाउँपालिकाकी टंकी बुढामगरले बताउनुभयो । 

संविधानले महिलाका लागि अधिकार दिए पनि व्यवहारमा महिला अझै घरमै सीमित रहनुपरेकाले महिला सशक्त नहुँदासम्म अधिकार हनन भइरहने भएकाले तालीम आयोजना गरिएको सोही गाउँपालिकाकी मनिषा घर्तीमगरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य