2026-08-25 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

उर्लाबारी नगरको फोहोर व्यवस्थापनमा चुनौती

जेठ २०, मोरङ | फोहोर व्यवस्थापन जग्गा (ल्याण्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएकोे छ ।

बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो । 

उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले विगत डेढ वर्षदेखि ल्याण्डफिल साइटको अभावमा निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले वार्षिक रु १५ लाखमा फोहोर व्यवस्थापनको जिम्मा उक्त प्रालिलाई दिएको थियो । 

सो प्रालिले २०७२ साल असार १ गतेदेखि उर्लाबारीमा पहिलो पटक फोहोर व्यवस्थापन गर्दै आएको हो । त्यसअघि फोहोर व्यवस्थापन स्वयम नागरिकले आफ्नै तबरले गर्दै आएको थियो । तीन वर्षअघि भएको सम्झौतामा ल्याण्डफिल साइट नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो ।

सो प्रालिका व्यवस्थापक नेत्रप्रसाद घिमिरेले नगरपालिकाले व्यवस्थापन गरेको उर्लाबारी–३ स्थित मंगलबारेको डेढ बिगाहा जमिन बक्राहा खोलामा आएको बाढीले २०७३ साल असारमा कटान गरेपछि ल्याण्डफिल साइटको अभाव झेल्दै आएको बताउनुभयो ।

नगरपालिकाले रु सात लाख २१ हजारमा बक्राहा खोला किनारमा किनेको एक बिगाहा सात कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले बगाएको थियो |

व्यवस्थापक घिमिरेले त्यसको केही महिनासम्म उर्लाबारी–६ स्थित निर्माणधिन बसपार्क छेउको मावा खोला किनारमा व्यवस्थापन गरिँदै आए पनि स्थानीयवासीको विरोधका कारण समस्या बल्झिएकाले उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको आग्रहमा उर्लाबारी–१ स्थित झुम्राको आफ्नै निजी जग्गामा फोहर व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

हाल नगरको बजार क्षेत्रको मात्र फोहोर व्यवस्थापनको जिम्मेवारी पाएकोले अन्य स्थानको फोहोर व्यवस्थापन गर्न केही समस्या भएकोले आगामी आर्थिक वर्षदेखि नगरभरको फोहोर व्यवस्थापन गर्न माग गर्दै सफा र सुन्दर नगर पार्न नगरबासीमा जनचेतनामूलक कार्यक्रमका साथै प्रर्याप्त बजेट, स्रोत साधनमा वृद्धि गर्न आवश्यक भएको व्यवस्थापक घिमिरेले बताउनुभयो ।

नगरमा हाल एक-एक वटा ट्रिपर र ट्याक्टरले दैनिक निस्किने १० टन फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिका प्रमुख फागोले सुन्दर सफा र समुन्नत उर्लाबारी सबैको साझा एजेण्डा भएकोले फोहोर व्यवस्थापका लागि डेढ बिगाहा जग्गा खरिद प्रक्रिया अन्तिमचरण पुगेको बताउनुभयो ।

ल्याण्डफिल साइट निर्माणका लागि विभिन्न दातृ निकायसँग सहयोग माग भइरहेको र यस विषयलाई नगरको बजेटमा पनि प्राथमिकतामा राखिने प्रमुख फागोले जानकारी दिनुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग