२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भगवानसिंह केसी मेमोरियल ट्रस्टले गर्यो नुवाकोटका सगरमाथा आरोहीलाई सम्मान

२०७५, २० जेष्ठ आईतवार ०७:३०

जेठ २० नुवाकोट | यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सगरमाथा आरोही नुवाकोट गेर्खुटारका विवेक पाण्डेसहित २०७१ र २०७२  सालको प्रवेसिका तथा गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोट र रसुवाका सामुदायिक विद्यालयहरुबाट सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मानित गरेको छ ।


शनिवार नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रमका बीच ट्रस्का संरक्षक एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सगरमाथा आरोही पाण्डेलाई दोसल्ला र १५ हजार रुपैयाँ नगदसहित सम्मानित गर्नुका साथै नुवाकोट र रसुवाका १० जना विद्यार्थीलाई जनही नगद दश हजार रुपैयाँसहित पुरस्कृत गर्नुभयो । 

यसरी पुरस्कृत हुनेहरुमा निलकण्ठ नमुना माध्यमिक विद्यालय रसुवाकी रबिना देवकोटा, प्रज्ञा देवकोटा र सुभाष घले तथा ऐँसेलुभूमे मावि काहुले नुवाकोटका निराजन भट्ट, चण्डेश्वरी मावि तुप्चेका निकेश नेपाल, कालिका माबि कबिलासका राजन पाण्डे, पृथ्वी मावि विदुरकी योजना सापकोटा, ज्ञानज्योति मावि फिकुरीकी अस्मिता ओझा, भवानी मावि रानीपौवाकी शर्मिला लामा र जनज्ञान निकेतन मावि थानापतिकी मनिषा पाठक रहेका छन् । त्यसक्रममा सर्वोत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरु अध्ययन गरेको विद्यालयका प्रधानाध्यापकहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा ट्रस्टका संरक्षक एवं कांग्रेस नेता केसीले विशुद्ध सामाजिक सेवाको भावनाले ओतप्रोत भई ट्रस्टको स्थापना गरिएको बताउँदै आगामी दिनमा नुवाकोट र रसुवाका विपन्न नागरिकहरुको समृद्धिका लागि ट्रस्टका कार्यक्रमहरु केन्द्रित रहने बताउनुभयो । चेतनाको अभावमा धेरै नागरिकले जटिल स्वास्थ्य समस्याहरु समेत बोकेर बसिरहेको पाइएको र शिक्षाको अभावमा धेरैले आफूलाई निकृष्ट प्रकारको श्रममा समेत लगाउन वाध्य भएको यथार्थलाइ मध्यनजर गर्दे शैक्षिक र स्वास्थ्य जागरणका लागि ट्रस्ट क्रियाशील रहने संरक्षक केसीको भनाइ थियो ।

त्यसक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्यनिष्ट पार्टीका केन्द्रीय सदस्य हीतबहादुर तामाङले यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोट र रसुवाको शिक्षा र स्वास्थ्य सेवामा पुर्याएको योगदान प्रशंसनीय र स्मरणीय रहेको बताउँदै राजनीतिक क्रियाशीलतासंगै सामाजिक सेवामा ट्रष्टका सदस्यहरुको क्रियाशिलताले यस क्षेत्रको समग्र बिकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पंसद गणेश पण्डित, ट्रस्टका अर्का संरक्षक डाक्टर नारायणनरसिंह खत्री, ट्रस्टका अध्यक्ष डा.केदारनरसिंह केसी, महासचिव जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, वरिष्ठ साहित्यकार डाक्टर नवराज लम्साल, पृथ्वी मावि विदुरका प्रधानाध्यापक बाबुराम लामिछाने लगायतले ट्रष्टले संचालन गरेका गतिविधिहरुका बारेमा चर्चा गर्दे ट्रस्टको कार्यक्षेत्र फराकिलो बनाउँदै आम नागरिकमा मानव सेवाको भावना जागृत गराउने तर्फ अझ बढी केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, वरिष्ठ अर्थशास्त्री डा. नारायणनरसिंह खत्री, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसी, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, नेपाल सरकारका सहसचिव महेश्वरनरसिंह केसी, राजनीतिक बिश्लेषक वद्रीनरसिंह केसी र नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले आफ्ना स्वर्गीय मातापिताको स्मरणमा २०६५ सालमा स्थापना गरेको ट्रस्ट नुवाकोट र रसुवाको शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु