२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

काँग्रेस नेता जोशीको निधन

२० जेष्ठ २०७५, आईतवार ०७:५७

जेठ २० धनगढी | नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । 

बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । 

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । 

आन्दोलनका क्रममा उहाँले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताउनुभएको थियो । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उहाँका छोरा सूर्यप्रकाश जोशीले बताउनुभयो । 

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य