२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

काँग्रेस नेता जोशीको निधन

२०७५, २० जेष्ठ आईतवार ०७:५७

जेठ २० धनगढी | नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । 

बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । 

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । 

आन्दोलनका क्रममा उहाँले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताउनुभएको थियो । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उहाँका छोरा सूर्यप्रकाश जोशीले बताउनुभयो । 

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस