२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी दरवार गाउँपालिकाले दियो वडाध्यक्षलाई फोनदेखि बाइकसम्म

२१ जेष्ठ २०७५, सोमबार ०५:५३

प्रेम सुनार/जेठ–२१ गुल्मी। गुल्मी दरवार गाउँपालिकाले वडाध्यक्ष देखि  गाउँ  कार्यपालिकाका सदस्यहरुलाई मावाईलदेखि  मोटरसाईकल सम्मको सुविधा उपलव्ध गराउँदै आएको छ । त्यस गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुलाई  एक एक वटा मोटरसाईकल र मोवाईल फोन सुविधा उनिहरुको दैनिक व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए 

त्यस गाउँपालिकाका लेखापाल केशव पन्थीका अनुसार तम्घासको सगरमाथा अटोमोवाईल्स स्वरुमबाट वजाज कम्पनी मोटर साईकल २ लाख ३५ हजार ९ सय रुपैयाँका दरले १० वटा खरिद गरिएको हो । त्यस्तै प्रति मोवाईल १३ हजार २ सय १० मुल्यका दरले वडाध्यक्ष सहित १३ जना  गाउँ कार्य समिति सदस्यलाई मोवाईल खरिद समेत गरेर दिईएको छ ।  

गाउँपालिका प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु भने  मासिक १ लाख १० हजार भाडाको गाडी चढ्ने गरेका छन् ।  गत असार मशान्त देखि फागुन  सम्म ४ लाख ४१ हजार ६ सय ७ रुपैयाँको ईन्धन खर्च उठेको लेखापाल पन्थीले बताए ।

त्स्तै बैठक भत्ता  ६ महिनाको अन्तरालमा १५ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च भईसकेको जानकारी उनले दिए । चैत्र ९ गते पत्रिकामा सार्वजानिक सुचना प्रकाशित गरी मोटर साईकल खरिद गरिएको जानकारी त्यस कार्यालयका सुचना तथा प्रविधी अधिकृत सुरेश खनालले जानकारी दिए ।

त्यस गाउँपालिकाले सञ्चार माध्यममा आएका सुचना समेत गाउँपालिकाका प्रमुख निकट पत्रकारहरुलाई दिने गरेको विषयमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले राजनैतिक आश्थाका आधारमा नभई स्वयम केहि पत्रकारहरु माग्न आई रहने हुँदा दिनु परेको स्वीकार गरे ।

दुई वटा जति सुचना काठमाण्डौमा  मेरो सम्पर्कमा रहेका पत्रकारहरुलाई दिएँ, शमाले भने केहि सुचनाहरु जिल्लाका पत्रकारहरुलाई दिएको हुँ , आगमी दिनमा जिल् लाकै पत्रकारहरुलाई समानुपातिक ढगले वितरण गरिने परिपाटी बसालीने छ ।

केन्द्र र ५ नम्वर प्रदेशका पत्रिकाहरुले सिधै ५० प्रतिशत कमिशन दिने प्रलोभन देखाएर जिल्लामा नियमति खट्ने पत्रकारहरुलाई विमुखो  पार्ने गरेको समाचार वाहिर आई रहेका बेला यहाँका क्रियाशिल पत्रकारहरुले त्यसको निगरानी बढाएका छन् ।

गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिकामा हुने गरेको यस्ता खाले अपारदर्शी कार्य र विकास निर्माणमा हुने गरेका कम्जोरीहरुका विषयमा आज गुल्मी नागरिक समाजले ध्यानकृष्ट समेत गराएको छ ।

आज समाजका  संयोजक यमबहादुर पाण्डे सहित गुल्मी दरवार गाउँपालिकामा पुगेको टोलीले जनताले उठाएका विभिन्न सवालमा स्पष्टीकरण तिन दिन भित्र सार्वाजानिक गर्न ज्ञापनपत्र वुझाईएको छ ।  विकास निर्मायामा वहुमतको आडमा विकास निर्माण योजनाहरु वितरण   सामाजिक सुरक्षा भत्तामा समेत त्यसैको आधारमा विभेद हुने गरेको र जनतालाई करले ढाड सेकिरहका जनप्रतिनिधीहरुलाई मोवाईल देखि  मोटरसाईकल सम्मको सुविधा किन दिईयो भन्ने लगायका विषयमा स्पष्टीकरण मागिएको छ ।

यस सम्वन्धमा  कतिपय कुराहरु निराधार आरोप मात्रै रहेको र कतिपय रुपमा आफुहरुले सुझावका रुपमा लिएर सुधार गर्ने गाउँपालिका प्रमुख अशोककुमार थापाले बताएका थिए ।  वैठक , तालिम लगायका भत्ताका विषयमा विधि अनुसार नै गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्र्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…