२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

२०७५, २१ जेष्ठ सोमबार ०८:३९

जेठ २१ डडेल्धुरा | गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । 

पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने गरेका छ । 

डोजर तथा अन्य आधुनिक औजारले हुने निर्माणका काममा बाहेक पर्खाल निर्माण, ढुंगा, गिट्टी, बालुवा ओसारपसारका काममा महिला बढी सक्रिए भएका पाइन्छन् । अहिले वडा, गाउँ, नगर तथा केन्द्रीय सरकारद्वारा चालू आर्थिक वर्षको विनियोजित बजेटअनुसारका काम सम्पन्न गर्न निर्माण धमाधम भइरहेका छन् । 

उपभोक्ता समितिबाट भइरहेका अधिकांश सडक निर्माणमा महिला श्रमिक बढी खटिने गरेका अमरगढी नगरपालिका–५ सेलागाउँका उपभोक्ताले बताएका छन् । डोजरको प्रयोगबाट बनिरहेका सडकबाहेकका काममा महिला श्रमिकले काम गरिरहेका छन् । 

अमरगढी नगरपालिका–७ सिरोला गाउँका महिलाले पोखरा बजारदेखि गाउँसम्मको सडक निर्माण आफैँ गरिरहेको स्थानीय समाजसेवी खडक बोहराले जानकारी दिनुभयो । वडा कार्यालयको रु ५० हजारबराबरको रकममा दैनिक ज्यालादारीमा परम्परागत स्रोत साधनको प्रयोग गरी महिलाले सडक निर्माण सम्पन्न गरेको वडा सदस्य भक्त साहुले बताउनुभयो । झण्डै दुई किलोमिटर लम्बाइ रहेको सो सडक तीन मिटर चौडाइ खनिएको उहाँले बताउनुभयो । 

दैनिक ४० महिलाको सहभागितामा सडक निर्माण गरिएको कलावती भण्डारीले बताउनुभयो । कामका लागि सदरमुकाम क्षेत्रमा धाउँदै गरेका महिलालाई सडक निर्माणमा लगाइएपछि गाउँघरमै केही दिन भए पनि ज्यालादारीमा काम गर्न पाउँदा महिला हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण