२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पानीमा विषादी प्रयोग जस्तो डर लाग्दो घटना किन ? छानविनमा ढिलाई ?

२१ जेष्ठ २०७५, सोमबार १४:०३

प्रेम सुनार,जेठ२१,गुल्मी।  एउटा सिंगो परिवारको वंश नास नै गर्ने नियत जस्तो गरी पानीमा विषादी मिसाईको घटना यस गुल्मीमा घटेको यतिका दिन विती सक्दा पनि सम्वन्धित निकाय सामन्य जस्तै ठानेर वसी रहेको गुनासो सर्वत्र उठेको छ ।जेठ १२ गतेका दिन ईस्मा गाउँपालिका वडा नम्वर–१, अरपुरको वुल्म गाउँका पुर्णबहादुर मुखियाको  पिउने पानीको धारामा जाने पाईपमा अज्ञात ब्यक्ति वा समुहले विषादी मिसाएको  विरुद्ध मुखिया परिवारले उसै दिन नजिकै रहेको लामडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए ।


पाँच परिवारले  पिउने पानीको पाईप मध्ये मुखिायको घरमा जाने पाईपमा मात्र विषादी प्रयोग गरिएको उनको माछा पोखरीमा मरेका माछाहरुले पुष्टी गर्दछ । धन्न त्यो परिवारले तत्काल खसेको पानीको पाईपबाट पिउने पानी गाग्रीमा थाप्नुको साटो संयोगवास माछा पोखरीमा पुराएर माछा मात्रै मरे ।

यदि त्यो पाईपबाट खानेपानी थापेको भए उनिहरुको सिंगो परिवारकै ज्यान जाने बताउँ छन् स्थानियवासीहरु । मान्छे मरे मात्र ठुलो घटना बन्ने, अनुसन्धानको लामो प्रकृया चल्ने तर  सम्भावित त्यस्तै दुर्घनाबाट बचेको घटनालाई नजिकबाट नियालिएन भने भोली त्यस्तै गिरोहबाट  थुप्र्रैको ज्यान जान सक्ने भएकोले प्रहरीले त्यस घटनाको गम्भीर भएर छानविन अनुसन्धान गर्नु पर्ने धेरैको जोड छ ।

नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस घटनालाई अहिले सम्म सम्वन्धित निकायले गम्भीर भएर नहेरेको भन्दै गुनासो गरे । उनले भने–‘ पानीको त्यो विाषदीले मुखियाका माछा मात्रै मरे , यति त्यो पानी गाग्रीमा थापेर पिउँदा मरेको भयो यो घटनाले कति ठुलो रुप लिने थियो ?  यति यस्तै कृयाक्लाव बढ्ने हो भने  अरु धेरैको ज्यान खतरामा हुने छ  , यसप्रति सम्वन्धित निकाय गम्भीर बनेर छानविन गरोस ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माको ध्यानकृष्ट गराउँदा उनले अनुसन्धानको पाटो प्रहरीको भएकोले आफुले जिल्ला प्रहरी प्रमुखलाई भनि सकेको बताए । प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदी संग सम्पर्क राख्दा उनले ६ पटक सम्म प्रहरीलाई घटनाका वारे बुझ्न पठाएको बताए । उनले मुखिया परिवारलाई भोली बोलाएको र थप अनुसन्धान गरिने जानरी दिए । यो डरलाग्दो घटनाबाट अमरपुरवासी त्रसित बन्दै आएका छन् । 

तस्वीरः मुखियाको  पोखरेीमा मरेका माछाहरु




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…