२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा मानव अधिकार रक्षक संजाल गठन

२०७५, २१ जेष्ठ सोमबार १६:१८

जेठ २१, सिरहा | समाजमा भईरहको विभिन्न खाले मानव अधिकारसंग जोडिएका घटनाहरुलाई उजागर गरी  प्रभावकारी ढंगले सामाजिक न्याय र सुदृढीकरणका लागि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को रोहबरमा सिरहामा ११ सदस्यीय सिरहा मानवअधिकार रक्षक संजाल आज (सोमबार) गठन गरिएको छ ।

सिरहाको लहानमा थर्ड एलायन्सको पहलमा भएको भेलाबाट चन्दन कुमार कर्णको संयोजकत्वमा गठन गरिएको संजालको सह–संयोजकमा रिक्मा विश्बकर्मा र सचिवमा राम नारायण पंडितलाई चयन गरिएको छ । सदस्यहरुमा मुकेश कुमार यादब, महेश सिंह, तन्जिल खातुन, गीता साह, मोहन पासमान, शान्ति पासमान, संजय बिश्बकर्मा र दिलिप सहनी रहेका छन् । 

थर्ड एलायन्सका प्रदेश २ का संयोजक रन्धिर चौधरीले समाजिक न्याय तथा सदृढिकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्य बारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा संजाल गठन गरिरहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी भुमिका खेलोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । 

त्यस्तै मानवअधिकार अधिकृत किरण कुमार कर्णले थर्ड एलायन्सले तराई मधेश लगायत विभिन्न जिल्लामा मानवअधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र नवगठित संजालले झन् प्रभावकारी ढंगले नागरिकको अधिकार दिलाउनको लागि अग्रसरता लिने बताए । 

मानब अधिकार अधिकृत अर्जुन साहले मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि वकालत गर्न संजाल तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस