३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्षेत्री समाजको भवन उद्घाटन

११ बैशाख २०७३, शनिबार ०४:१९

पर्वत  । क्षेत्री समाज नेपाल पर्वतको नव निर्मित भवनको पूर्वराज्यमन्त्री डम्बरबाबु मल्लले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । नेपालको पाँचौ  साधरणसभा तथा तेस्रो अधिवेशनको अबसरपारि नव निर्मित १० कोठे भवनको उद्घाटनको मल्ले गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै मल्ले देशको विकासको लागि संविधानको कार्यान्वयन गराउनको लागि सवैले हातेमालो गर्नुपर्ने बताए ।

सवै जातजाती भाषाधर्म तथा सम्प्रदायका मानिसहरुको बसोबास रहेको नेपाल सयौं ढुंगा फुल सरी  रहेका कारण सम्प्रदायीक तथा जातिय द्वन्द्व निम्तने किसिमको कार्य गर्न नहुने तर एकता र आफ्नो पहिचानको लागि भने आवाज उठाउनुपर्ने बताए ।     क्षेत्री समाजले आफ्नो पहिचानको लागि गरेका माग र समाजले गरेको कार्यप्रति आफु पनि सहमत भएको तर बर्तमान अबस्थामा अधिकार र जातिय पहिचानको भन्दा पनि संविधान कार्यन्वयन गरी देशको स्वाधिनतालाई बचाउनको लागि सारा नेपाली एक जुट हुनुपर्नेमा जोड दिए ।

नेपाल नरहे नेपाली नरहने भन्दै क्षेत्री समाज जस्ता अनेक जाति र धर्मका मानिसहरुले पनि आफ्नो पहिचान मागेको तर यतिबेला पहिचान भन्दा पनि आफ्नो स्वाधिनताको रक्षाको लागि सवै नेपाली एक भएर हातेमालो गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुनप्रसाद जोशी र एमालेकी सांसद कल्पना चापागाईले समाजले आफ्नो जाति र पहिचानको रक्षाको लागि गरेको कार्य प्रशंसा योग्य रहेको बताए । आफ्ना जातिको सेवाको लागि जिल्लामा सुविधा सम्पन्न अस्पतालको निर्माणको लागि समाजले लिएको लक्ष्य सकरात्मक भएको बताए ।

२०६८ सालमा फागुन  ११ देखि १८ गतेसम्म संचालित विश्व शान्ति श्रीमद् भागवत      विराट महायज्ञमा संकलन भएको कुल रकम मध्ये ५७ लाखको जग्गा र ४७ लाखमा भवन गरी एक  करोड चार लाखमा उक्त भवनको निर्माण भएको थियो । समाजले जिल्लामा ५ लाखको छात्रवृत्ति कोषको समेत स्थापना गरेको र विगतका बर्षमा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएता पवपन यो बर्ष भने १० जनालाई छात्रवृत्ति प्रदान गरीने र आगामी दिनमा जिल्लामा सुविधा सम्पन्न हस्पीटलको निर्माण गर्ने योजना समेत रहेको समाजका अध्यक्ष नरबहादुर कार्कीले बताए ।
महायज्ञमा १ करोड ४३ लाख संकलन भएको र १५ लाख महायज्ञमा नै खर्च भएको आयोजकले जनाएको छ । समाजका अध्यक्ष नरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव    सरस्वती भण्डारीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’