2026-08-29 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समृद्ध मुलुक निर्माणको निम्ती सुचनाको हकको उपयोग अनिवार्यः उपाध्यक्ष पोख्रेल

जेठ–२२,अर्घाखाँची | नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले लोकतन्त्रलाई बलियो पार्दै समृद्ध मुलुक निर्माणको निम्ती सुचनाको हकको उपयोग अनिवार्य भएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो । उहांले पार्दशिताको पहिलो आधार नै सुचनाको हक भएकोले सुचना लिन र दिन कन्जुस्याइ गर्न नहुने तर्क गर्नुभयो ।“हरेक तिन महिनामा आफ्नो सेवा क्षेत्रका सुचना सार्वजनिक गर्नुपर्ने संवैधानमै निति छ,जनता र राष्ट्रसेवकले असल काम मात्र गर्ने हो,उपाध्यक्ष पाख्रेलले भन्नुभयो,राम्रो कामको सुचना दिएर आफुनै चर्चामा आउन किन कन्जुस गर्ने ?”थुप्रै राजनितिक आन्दोलनको उपजले मुलुक परिवर्तनको दिशातर्फ लम्किरहेको प्रसङ्ग कोट्याउंदै केन्द्रिय उपाध्यक्ष पोख्रेलले राष्ट्र समृद्धिको निम्ती सेवा प्रवाहमा भएका गलत ब्यबहारलाई सबैले सच्याउन जरुरी रहेको  बताउनुभएको छ । 

महासंघका जिल्ला अध्यक्ष हिम लेकालीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र सचिव सुर्य भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सिमित स्रोत र साधनको सदुपयोग गर्दै समृद्ध नगर बनाउने अभियानमा जुटेको बताउंदै आफुहरु कुनै भगवान नभएको र काम गर्ने सन्दर्भमा गल्ती हुने भन्दै रचनात्मक सुझाव दिन सबैलाई आग्रह गर्नभएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दिन मिल्ने सुचना दिन र सुचना अधिकारी तोक्न मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिइसकेको जानकारी गराउंदै राष्ट्रिय समृद्धिको अभियानमा लागेका हरेक निकायका ब्यक्तित्वहरुको असल ब्यबहारले मात्र लक्ष्यमा पुग्न सकिने भन्दै सोही अनुसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पाणिनि गाउंपालिकाका अध्यक्ष अच्युत गौतम,छत्रदेव गाउंपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल,सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार वि.क.,मालारानी गाउंपालिका उपाध्यक्ष प्रमिला क्षेत्री र जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका प्रमुख रामजी प्रसाद मरासिनिले सत्य तथ्यमा आधारित सुचना प्रवाह गरि सामाजिक सचेतनामा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । यस्तै सिआइजि अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले अर्घाखाँचीमा आफुहरुकै सक्रियतामा जिल्लामा सुचनाको हकको प्रयोगले नमुना भइसकेको दाबी गर्नुभएको छ ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश ५ का सदस्य शोभाखर पन्थी,अशोक खनाल,प्रेम आचार्य,महासंघ दाङ्गका निर्वतमान अध्यक्ष सुदिप गौतम,प्रेस चौतारी अर्घाखांचीका कावा अध्यक्ष हृदय कुमार भुसाल,प्रेस युनियनका कोषाध्यक्ष अशोक पौडेल,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरेले भौतिक विकास मात्रै समृद्धिको आधर हुन नसक्ने भन्दै सामाजिक समृद्धिमा अहोरात्र खट्ने पत्रकार र मिडियाको विकासमा ध्यान दिन सरोकारवालाहरुको ध्यानआकर्षण गर्नुभएको छ ।पछिल्लो समय संचारजगतलाई हेर्ने दृष्टीकोण फरक भएको भन्दै उहांहरुले मुलुकको हरेक परिवर्तनमा पत्रकारले पु¥याएको योगदानलाई राज्यले बिर्सन नहुने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो