2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका किसानहरु माछापालनमा सक्रिय

जेठ २२, उदयपुर | पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ । 

सात वर्ष अघि नेपाली सेनाबाट अवकास लिएपछि व्यावसायिक माछापालन थाल्नुभएका कटारी– ३ त्रिवेणीका प्रेमबहादुर तामाङ अहिले वार्षिक रु ६ लाखको माछा बिक्री गर्नुहुन्छ । 

यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु चार लाखसम्मको माछा बिक्री गर्नुहुन्छ । 

त्रियुगा नगरपालिका– ३ बगाहाका राजकुमार चौधरी जिल्ला कृषि विकास कार्यालय र स्थानीय सहकारी संस्थाबाट ऋण लिएर छ कठ्ठा जग्गामा माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका अधिकृत सतन यादवका अनुसार जिल्लामा कूल माछा उत्पादनमध्ये ६० प्रतिशत कटारी क्षेत्रमा र बाँकी उत्पादन त्रियुगा नगरक्षेत्र, बेलका, चौदण्डी नगरपालिकालगायत क्षेत्रमा हुने गरेको छ । “बजारको समस्या छैन,” उहाँले भन्नुभयो । 

कटारी क्षेत्रमा उतपदित माछा कटारी बजार तथा त्रियुगामा उत्पादित माछा गाईघाट बजारमा बिक्री गरिन्छ । अहिले झण्डै एक सयभन्दा बढी कृषकले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा कूल ३७ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुन्छ । बिगहेड, माकुर, ग्रासहुड, कमन, मुङ्ग्री, माउर र जलकपुर प्रजातिका माछा कृषकले उत्पादन गर्ने गरेका छन् । 

लामो समयदेखि कृषकले परम्परागत रुपमा बेसार उत्पादन गर्दै आएका छन् । चौदण्डी नगरपालिकाको सिद्धिपुर क्षेत्रका कृषकले बेसार उत्पादनबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्न थालेका छन् । 

सावा सिद्धीपुरका हर्कबहादुर मगर बीस वर्षदेखि बेसारखेती गर्दैआउनुभएको हो । उहाँले पछिल्लो चार वर्षदेखि आधुनिक रुपमा बेसारखेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थाल्नुभएको हो । 

विगतमा यहाँका कृषकले परम्परागत स्थानीय जातका बेसारखेती गरेर वार्षिक रु ५० हजारसम्मको आम्दानी गर्ने गरेका थिए । अहिले उनीहरुले बेसारखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सिद्धिपुरका भगेन्द्र मगर सुगन्धा जातको बेसारखेती गरेपछि विगतको तुलनामा आम्दानीमा वृद्धि भएको बताउनुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी पनि सुगन्धा प्रजातिको बेसारखेती गर्न थालेपछि कृषकको आम्दानी बढेको बताउनुहुन्छ । सिद्धिपुरका २५ घरका कृषकले वार्षिक २५० बोरासम्म बेसार बिक्री गर्ने गरेका छन् । काभ्रेको बनेपाबाट नयाँ सुगन्धा प्रजातिको बेसारको बीउ ल्याएर सिद्धिपुरका ४० कृषकले बेसारखेती गरेका हुन् । उत्पादित बेसार विराटनगरस्थित गोल्छा कम्पनीले खरिद गर्ने गरेको छ । जिल्लाको ४५० हेक्टर क्षेत्रफलमा करीब सात सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई