२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

होमस्टेले उद्यमी बनायो बन्दीपुरका महिलालाई

२०७५, २२ जेष्ठ मंगलवार ०९:२९

जेठ २२, बन्दीपुर | “घरवास कार्यक्रम सञ्चालनसँगै यहाँका महिलाको आर्थिक प्रगतिसँगै व्यावसायिक दक्षता र व्यक्तित्व विकाससमेत भएको छ,” बन्दीपुर सामुदायिक होमस्टे (घरवास)समितिकी कोषाध्यक्ष कृष्णा थापाले भन्नुभयो । 
शुरु शुरुमा आगन्तुकसँग बोल्न लाज लाग्ने गरेको बताउँदै थापाले पछिल्लो समयमा घरवास कार्यक्रमले स्वःस्फूर्त रुपमा बोलीचालीका साथै पर्यटकसँग यहाँका हरेक विषयलाई राम्रोसँग वर्णन गर्नसक्ने भएको बताउनुभयो । 
व्यावसायिकताको विकासका साथै स्वरोजगार बन्ने लक्ष्यका साथ यहाँका २० घरका महिलाको सक्रियतामा २०६८ असोजदेखि होमस्टे कार्यक्रम शुरु गरिएको हो । थापाका अनुसार सामान्यतः एक घरमा आठ जनासम्म पाहुना राख्नसक्ने गरी व्यवस्था मिलाइएको छ । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य मध्येमा पर्ने बन्दीपुर जान सदरमुकाम दमौलीबाट लगभग ३० मिनेट गाडीको यात्रापछि डुम्रे पुग्न सकिन्छ । 
डुमे्र बजारबाट लगभग एक घण्टा उकालो सडक पार गर्दै बन्दीपुर पुगिन्छ । तनहुँको पुरानो सदरमुकाम समेत रहेको बन्दीपुर पुगिसकेपछि पर्यटक टाकुरामा रहेका पुराना र ढुंगााले छाएका घर देख्दा मोहित हुन्छन् । वरपरका रमणीय पहाडी दृश्यले उनीहरूलाई लोभ्याउने गर्दछ । 
पर्यटकको आगमन बढ्दै गएपछि ठाउँ ठाउँमा होमस्टे कार्यक्रम सञ्चालन हुन थालेको सचिव माया सुनार बताउनुहुन्छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक थानी माई, खड्ग माई, सिद्ध गुफाका साथै टुँडिखेलको मैदानमा रमाउने गरेका छन् । यहाँबाट सुखौरा फाँट, बेँसीका फाँट, हिमाल, नदी खोला आदिको एकसाथ अवलोकन गर्न सकिन्छ । 
“होमस्टे सञ्चालनपछि महिलाको आर्थिक अवस्थामा सुधार आएको छ, उनीहरुको आत्मबलसमेत वृद्धि गरेको छ,” सुनारले भन्नुभयो । आन्तरिक पर्यटक वनभोजकै लागिसमेत बन्दीपुर आउने गरेका छन् । 
होमस्टे रोजेर आउने पाहुना स्थानीय खानाको परिकार र संस्कृतिमा रमाउने गरेका बन्दिपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो । पछिल्ला वर्षमा होमस्टतर्फ पर्यटकको आकर्षण बढ्दै गएपछि आफूहरू उत्साहित बनेको रानाले बताउनुभयो । 
“पाहुनालाई घरमा बाँडफाँड गरी स्थानीय परिकार (गुन्द्रुक, दाल भात, अचार, ढिँडो, मासु आदि परिकार खुवाएर सांस्कृतिक कार्यक्रम गरिन्छ,” उहाँले भन्नुभयो, “बिहान कोदोको रोटी अचार नास्ताका रुपमा खुवाएर टीका माला लगाई बिदाइ गछौँं ।” 
होमस्टेमा पर्यटकसँग एक रात सुत्न र मासुसहितको खाना, बिहानको नास्तासहित रु सात सय लिने गरिएको छ । आफूहरूले अत्यन्त न्यून रकममा पर्यटकलाई राम्रो सेवा सुविधा दिने गरेको रानाको भनाइ छ । न्यून आम्दानी भएका पर्यटक पनि बन्दिपुर आएर होमस्टेमा बस्ने गरेका छन् । सरकारीस्तरबाट तालीम एवं अन्य सहयोग प्राप्त भएमा आगामी दिनमा अझै व्यवस्थित एवं प्रभावकारी रुपमा घरवास कार्यक्रम सञ्चालन गर्नसक्ने यहाँका महिला बताउँछन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा