2026-09-19 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

जेठ २३, विराटनगर | महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । 

अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । 

महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बताउनुभयो । 

उहाँले अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । 

सरसफाइ अभियान कार्यक्रममा विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रोशन पोखरेल, अस्पताल विकास समितिका प्रशासन प्रमुख नवराज लुइँटेललगायतको सहभागिता रहेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई