२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सुरक्षा विना समृद्धि असम्भवः ५ नम्वर प्रदेश प्रहरी प्रमुख

२३ जेष्ठ २०७५, बुधबार ११:४२

प्रेम सुनार/जेठ–२३ गुल्मी। ५ नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले शान्ति सुरक्षा विना समृद्धि मुलक असम्भव हुने बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीको निरिक्षण  र यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न आाई पुगेका डिआईजी बस्नेतले आफुलाई ५ नम्वर प्रदेशमा दिईएको शान्ति सुरक्षाको जिम्मेवारी पुर्णरुपमा निभाउने प्रतिवद्धता जनाए ।


संयोगवस आफ्नै जन्म घर छत्रकोट गाउँपालिकाले आयोजना गरेको सरसफाई महाअभियानको उद्घाटन सत्रमा वाटोमा आउँदै गरेका डिआईजी बस्नेतलाई  रोकेर सो गाउँपालिकाले सम्मान गरेको थियो । छत्रकोटको विरवास घर भएका डिआईजी बस्नेतलाई गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारीले सरसफाई अभियानको टोपी पहिराउँदै र दोसाल्ला ओढाउँदै सम्मान गरेका थिए ।

हालै मात्र डिआईजीमा बढुवा भई प्रहरी संगठनको ५ नम्वर प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आएका उनले आफ्नै गाउँपालिकाले सुरु गरेको सरसफाई अभियानमा संयोगवस सहभागी हुन पाएकोमा गौरव महशुस गरेको बताउँदै गाउँपालिकालाई धन्यवात दिएका थिए ।

उनले प्रहरी एक्लैको प्रयासले मात्र शान्ति सुरक्षा सम्भव नहुने भन्दै जनप्रतिनिधी र नागरिक समाज सहित सवै पक्षको सहकार्यमा ५ नम्वर प्रदेश भित्र शान्ति  सुरक्षा चुस्त राखिने बताए । उनी संगै लुम्विनी अञ्चलन प्रहरी प्रमुख एसएसपी राजेन्द्रप्रसाद ढकाल पनि निरीक्षणमा आएका छन् । आज घरमा भेटघाटमा ब्यस्त उनिहरुले भोली विहान देखि जिल्लाको शान्ति सुरक्षाको अवस्था वुझ्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…