२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५ महिनादेखी तलब नपाएको भन्दै सिरहाका स्वास्थ्यकर्मी धर्नामा

२०७५, २४ जेष्ठ बिहीबार ०६:४२

जेठ २४ लहान | विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । 

तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । 

संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको स्वास्थ्यकर्मीको गुनासो छ । 

तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडासमेत तिर्न नसकेको भन्दै स्वास्थ्यकर्मीले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको दुखेसो पोखेका छन् । यस्तै स्वास्थ्यकर्मीले गठन गरेको संघर्ष समितिले बुधबार मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । 

यता मिर्चैया नगरपालिकाका प्रमुख यादवले स्वास्थ्य मन्त्रालयबाट तलबका लागि रकम नपठाएकाले तलब वितरण गर्न नसकेको बताउनुभएको छ । 

विकासको बजेटबाट रु ३० लाख रकम स्वास्थ्य क्षेत्रमा लगाएको भन्दै नगरप्रमुख यादवले तत्काल दुई महिनाको भए पनि अर्को क्षेत्रको रकमबाट स्वास्थ्यकर्मीलाई तलब वितरण गर्ने प्रयासमा रहेको जानकारी दिनुभयो । 

मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस