2026-09-08 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ (फोटोफिचर)

शंकर के सी/जेठ २४, सल्यान । स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ र जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार सल्यानको कपुरकोटमा विहिबार विहान स्थानीय सरकार, सुआहारा सल्यान, सरसफाइ समिती, विद्यालय तथा विभिन्न कार्यालय, संघसंस्थाको सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा लगाएतका जनप्रतिनिधीहरु, गाउँपालिकाका कर्मचारिहरु, शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार लगाएतले सम्पूर्ण बजार क्षेत्रमा झाडु लगाउँदै फोहोर व्यवस्थापन गरि सरसफाइमा सहभागी भएका छन् । यस्तै अभियानकै क्रममा प्रहरीले गाँजाको बोट पनि नष्ट गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जबसम्म मान्छेले प्रकृति र आफूबीचको समबन्ध बुझ्न सक्दैन, प्रकृतिलाई माया गर्न सक्दैन तबसम्म वातावरण संरक्षण असम्भव रहेको बताए । उनले प्रकृतीलाइ माया गर्न र भावि सन्ततीलाइ प्रकृतीलाइ माया गर्न सिकाउनुपर्ने कुरामा जोड दिए ।

उनले कपुरकोट गाउँपालिकाको वडा नम्बर ६ मा ३ वटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिसकेको जनाउँदै सन् २०२१ सम्म गाउँपालिकालाइ नै पूर्ण सरसफाइ क्षेत्र घोषणा गर्ने अभियानमा सबैलाइ लाग्न आग्रह गरे । विशेष गरेर कर्णालिकै प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ सफा, सुन्दर राख्न दैनिक रुपमा फोहोर उठाउन ट्रेक्टरको व्यवस्था र फोहोर व्यवस्थापन गर्न डम्पीङ साइड निर्माण गरिएको अध्यक्ष सेनले जानकारी दिए । सरसफाइ अभियानमा विभिन्न सरसफाइ सम्बन्धी शन्देश लेखिएका व्यानर र प्ले कार्ड सहित र्यालि पनि निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता