२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकको एड्भान्स हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया

२४ जेष्ठ २०७५, बिहीबार १०:३१

जेठ २४, दमक | यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । 

हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि गुरुङ अस्पतालको जनरल शय्यामा उपचाररत हुनुहुन्छ । गुरुङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । 

गुरुङको शल्यक्रिया हाडजोर्नी रोग तथा नशा रोग विशेषज्ञ अनुप पोखरेलसहितको चिकित्सक टोलीले गर्नुभएको अस्पतालले जनाएको छ । 

अस्पतालले हालैमात्र हाडजोर्नी, नशारोगसम्बन्धीको समेत विशेषज्ञ सेवा उपलब्ध गराएपछि जटिल किसिमका जटिल शल्यक्रिया शुरु गरिएको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिनुभयो । भारतको एपोलो अस्पतालबाट विशेषज्ञता हासिल गरी डा पोखरेल हालैमात्र दमकको एड्भान्स अस्पतालमा आबद्धता हुनुभएको थियो । 

विसं २०७१मा स्थापित सो अस्पतालले हाडजोर्नीअघि अन्य चिरफारसम्बन्धी शल्यक्रिया गरिआएको जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो