२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा सरकारी कार्यालयभित्र बिचौलियालाई रोक

२०७५, २५ जेष्ठ शुक्रबार ०६:३०

जेठ २५, लमजुङ | जिल्लाका सरकारी कार्यालयहरुमा बिचौलियालाई प्रवेश रोक लगाइएको छ । सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई कार्यालयभित्र प्रवेश गर्न प्रशासनले रोक लगाएको हो ।

बिचौलियाले सेवाग्राहीसँग महँगो शुल्क लिँदै दुःख दिने र कार्यकक्षमै पसेर अनधिकृतरुपमा सरकारी कागजपत्र चलाउने गरेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको हो । 

सेवाग्राहीसँग रकम लिँदै कार्यकक्षमा आउने बिचौलियालाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । 

जिल्लामा विशेषगरी मालपोत, जिल्ला प्रशासनलगायत कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको गुनासो बढेको हो । कुनै पनि सरकारी कार्यालयमा सेवाग्राही आफैँले सहजरुपमा काम गर्न सक्ने र नसकेमा सम्बन्धित कार्यालयका कर्मचारीले नै सहयोग गर्ने प्रबन्ध मिलाएको प्रजिअ ढकालले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण