2026-09-08 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका युवाहरु योग विज्ञानप्रति आर्कषित (फोटोफिचर)

नन्द बहादुर रोकाया/जेठ २५ मुगु | मुगुको सदमुकाम गमगढीमा ५ दिने निशुल्क योग बिज्ञान शिविर चलेपछि मुगुका युवा युवती बिहानै शिविरमा पुगेर योग बिज्ञानका बारे जानकारी लिइरहेका छन् । 

छाँयानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा पतञ्जलि योग समिति मुगुको आयोजनमा निशुल्क योग शिविर संचालन भएपछी मुगुका युवा युवतीहरु योग विज्ञान प्रति आर्कषित भएका हुन । छाँयानाथ रारा नगरपालिकाले गएको आर्थिक बर्षको कार्यायोजनामा  नगरपालिकाको प्रत्येक बस्तिमा एक गाँउ एक योग शिबिर संचालन  गर्ने कार्यक्रम पारित गरेपछी मुगुमा वृहत योग बिज्ञान शिविर सञ्चालन गरिएको हो । 

योग शिबिरमा नगरपालिकाको प्रत्येक वडामा तिन देखि चार जनासम्म युवायुवतिलाई प्रशिक्षण गराई योग शिक्षक उत्पादन गरेर प्रत्येक गाँउमा योग  शिबिर संचालन  गर्दै प्रत्येक घरमा योग बिज्ञान पुर्याउने लक्ष्यका साथ जिल्लामा पहिलो पटक निशुल्क योग शिबिरको आयोजना गरिएको र योग शिबिरमा अन्य उमेरका सर्बसाधरण भन्दा युवा पुस्ताको बढी सहभागिता रहेको पतञ्जली योग समिति मुगुका अध्यक्ष जय बहादुर मल्लले जानकारी दिए । 

पाँच दिने योग शिबिरमा १ सय भन्दा बढीको सहभागिता रहेको छ भने योग शिक्षक प्रशिक्षणमा ६० जना युवा युवतिले आफनो नाम दर्ता गराई प्रशिणमा सहभागिता रहेको छ उक्त शिबिरमा पतञ्जली योग समितिका केन्द्रिय अध्यक्ष लव देब मिश्रले प्रशिक्षण  दिईरहेका छन ।  सडक यातायात र हवाई यातायाता दुबैको पहुच पुगेपछी बिशेष गरि नगरपालिकामा बसोबास गर्ने युवाहरु दुब्र्यसनि र कुलत तर्फ लाग्न थालेछी  उनिहरु लाई कुलतबाट  हटाउनका लागी योगा बिज्ञानले ठुलो सहयोग गर्ने भएकाले  युवाहरु आफै श्वतस्र्फुत यो शिबिरमा सहभागिता भएको पाईयो यो सकारत्कम हो ।योग बिज्ञान लाई  जिल्लाको अन्य गाँउपालिकाको बस्ति र बिद्यालय सम्म लैजानका लागी सम्बन्धित निकाय संग समन्वय गरेको र निकट भबिस्यमै ग्रामिण बस्तिमा समेत योग शिबिर पुर्याउने मल्लले बताए ।

योग बिज्ञानबाट स्वस्त मात्र नभई आफुमा रहेका मानसिक चिन्ता समेत हट्ने भएकाले आफु योग निरन्तर गर्दै आएको कारणले आफुमा अहिले कुनै खाले तनाब र समस्या नरह रहेको छैन आफनो थाईराईडका समस्याकै कारणले तनाव उत्पन्न भई कुन बेला आफनो ज्यान जान्छ भन्ने लाग्थ्यो जव योग गर्न थाले अहिले कुनै समस्या  छैन । योगाले शरिर लाई ठुलो सहायता गर्ने भएकाले सरकारले अनिबार्य रुपमा बिद्यालयको पाठ्यक्रममा समेत समेटनु पर्ने योगा गर्दे आएकि सम्झना शाहले बताईन । शाहका अनुसार बेरोजगार भएकै कारण , कुलत र दुब्र्यशनी तिर बिशेष गरी युवाहरु बढी देखिएकाले  अन्तत युवाहरुने बढी आत्म हत्याका घटना संलग्न भएकोले यस्ता खाले घट्ना निरुत्साही गर्न योग बिज्ञानले ठुलो मद्धत गर्ने हुदा युवाहरुलेनै योग बिज्ञान लाई बिश्वास गर्नु भनेको राम्रो पक्ष भएको उनले बताईन ।आफनो स्वास्थ्य स्वस्थ र तनाव मुक्त रहनका लागी योग बिज्ञानले ठुलो सहयोग पुर्याउने भएकाले आफु योग बिज्ञानको शिक्षक बन्न लागेको छाँया नाथ रारा नगरपालिका—३ का २६ बर्षिय बेनि खड्का बताउछन । उनको लक्ष्य  योग शिक्षक बनेर आफनो घर देखि वडाका सबै घरमा योग शिक्षा पुर्याउने रहेको बताए । बिशेष गरी बरोजगार भएकै कारण  आफना उमेरका युवा साथीहरु कुलतमा फस्न लागेकोले त्यस्ता युवाहरु लाई योग शिक्षा दिदै एक असल युवामा परिणत गर्नका लागी योग शिक्षकको प्रशिक्षण लिन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ