२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो

२०७५, २६ जेष्ठ शनिबार १७:०७

प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै  वामीटक्सार वजारस्थित  गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलमा  गत आईतवार शिक्षक सुदन भट्टराईले कक्षा ५ का  विद्यार्थी ११ वर्षिय प्रशान्त सापकोटालाई गत आईतवार कुटेको विषयमा दुख ब्यक्त गर्दै उपचार खर्च ब्यहोर्ने प्रतिबद्धत्रा जनाएको हो ।

प्रिन्सिपल रामु तिवारीले केहि वेर अघि फोन गरेर भने–‘ हामीले ति विद्यार्थीका अभिभावकलाई बोलाएर सहमति गर्यो, घटना प्रति दुख ब्यक्त गर्दै कानको उपचारका लागि पुरै खर्च ब्यहोर्ने भएका छौं । ’

विद्यालय ब्यबस्थान समिति अध्यक्ष महेशबहादुर जिसीले पनि घटना प्रति दुख ब्यक्त गरेका छन् । विद्यार्थी वालक एक वर्ष अघि मात्र कान नसन्ने भएकोले अभिभावकहरुले अप्रेशन गरी दिएका थिए । त्यसै कान नजिकै शिक्षकले छापड हान्दा उनलाई असर परेर भक्तपुरको अस्पताल सम्म लगेर परिवारजन हालै फर्किएका छन् ।

दुई घण्टा अघि मात्र प्रकाशित समाचारको संञ्चार माध्यमलाई धन्यवाद दिदै वालकका काका विष्णुप्रसाद सापकोटाले भने–‘पहिला सहमत भएका थिएनन अहिले कागज कागज गररै  दुख ब्यक्त गरे विद्यालय परिवारले र आगमी दिनमा यस्ता कार्यहरु  दोहरिने छैनन भन्दै उपचार खर्च ब्यहोर्ने सहमति गरेर आएका छौं । ’

प्रिन्सिपल  तिवारीले त्यसरी कानको जाली नै फुट्ने गरी शिक्षकले नकुटेको , सामन्य थप्पड हान्दा पहिला अप्रेशन गरेको उनको कानमा सामन्य असर मात्रै परेको दावी गरे ।

उनकी आमा कृष्ण सापकोटाले भने यस्तो खालको कुटाई तेश्रो पटक भएको र  पछिल्लो कुटाईबाट वावुको कानको जालीमा प्याल परेको वताएकी छन् । विद्यालयले  वामीटक्सार प्रहरी चौकीका प्रमुख सई नारायणबहादुर कुँवरको रोहवरमा सहमति गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत