२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो

२६ जेष्ठ २०७५, शनिबार १७:०७

प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै  वामीटक्सार वजारस्थित  गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलमा  गत आईतवार शिक्षक सुदन भट्टराईले कक्षा ५ का  विद्यार्थी ११ वर्षिय प्रशान्त सापकोटालाई गत आईतवार कुटेको विषयमा दुख ब्यक्त गर्दै उपचार खर्च ब्यहोर्ने प्रतिबद्धत्रा जनाएको हो ।

प्रिन्सिपल रामु तिवारीले केहि वेर अघि फोन गरेर भने–‘ हामीले ति विद्यार्थीका अभिभावकलाई बोलाएर सहमति गर्यो, घटना प्रति दुख ब्यक्त गर्दै कानको उपचारका लागि पुरै खर्च ब्यहोर्ने भएका छौं । ’

विद्यालय ब्यबस्थान समिति अध्यक्ष महेशबहादुर जिसीले पनि घटना प्रति दुख ब्यक्त गरेका छन् । विद्यार्थी वालक एक वर्ष अघि मात्र कान नसन्ने भएकोले अभिभावकहरुले अप्रेशन गरी दिएका थिए । त्यसै कान नजिकै शिक्षकले छापड हान्दा उनलाई असर परेर भक्तपुरको अस्पताल सम्म लगेर परिवारजन हालै फर्किएका छन् ।

दुई घण्टा अघि मात्र प्रकाशित समाचारको संञ्चार माध्यमलाई धन्यवाद दिदै वालकका काका विष्णुप्रसाद सापकोटाले भने–‘पहिला सहमत भएका थिएनन अहिले कागज कागज गररै  दुख ब्यक्त गरे विद्यालय परिवारले र आगमी दिनमा यस्ता कार्यहरु  दोहरिने छैनन भन्दै उपचार खर्च ब्यहोर्ने सहमति गरेर आएका छौं । ’

प्रिन्सिपल  तिवारीले त्यसरी कानको जाली नै फुट्ने गरी शिक्षकले नकुटेको , सामन्य थप्पड हान्दा पहिला अप्रेशन गरेको उनको कानमा सामन्य असर मात्रै परेको दावी गरे ।

उनकी आमा कृष्ण सापकोटाले भने यस्तो खालको कुटाई तेश्रो पटक भएको र  पछिल्लो कुटाईबाट वावुको कानको जालीमा प्याल परेको वताएकी छन् । विद्यालयले  वामीटक्सार प्रहरी चौकीका प्रमुख सई नारायणबहादुर कुँवरको रोहवरमा सहमति गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…