२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

१४ सन्तानकी आमा भन्छिन– ‘ उमेर ४० नटेक्दै हजुर आमा पनि भएँ’

२७ जेष्ठ २०७५, आईतवार ११:०८

प्रेम सुनार | जेठ २७, गुल्मी | अलि पुरानो पिडले २३ सन्तान सम्म जन्माएको कुरा गुल्मीको दिव्रुङ्गमा सुन्न देख्न पाईन्छ तर अहिलेको पिढले बढिमा ८ सन्तान भन्दा बढि जन्माएको पं्राय सुनिएको थिएन । तर गाउँमा बुझ्दै जाँदा ४० वर्ष उमेर नपुग्दै गुल्मीको हुँगा गाउँकी एक महिलाले १४ वटा सन्तान जन्माएको सुन्नु परेको छ । 

 छत्रकोट गाउँपालिका साविकको हुँगा गाविस वडा नम्वर ६ की रिता नेपालीले १४ सन्तानको जन्म दिएकी हुन । अहिले उनको उमेर ४० वर्ष भयो ।  उनका जेठा छोराको उमेर १८ वर्षको भयो भने सवै भन्दा कान्छी सन्तानको उमेर  ७ वर्ष भयो ।  १४ वर्षको उमेरमा हुँगाका पदम नेपाली संग विवाह गरेकी उनले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेको बताउँ छिन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनि निरोगी छन् । 

श्रीमान पदम नेपाली अपाङ्ग छन् । सम्पत्तीको नाममा त्यही एउटा बास मात्रै हो ।  लौराको साहरामा हिड्ने उनका श्रीमानले ठुलो काम गरेर परिवार पाल्न सक्दैनन् ।  छोरी नभएर छोराका लागि वा  छोरा भएर छोरीका लागि उनले त्यति धेरै सन्तान जन्माएकी होईनन । सुरुवाती तौर मै छोरा पछि छोरी जन्मीएकै थिईन ।


मात्र उनलाई धेरै सन्तान हुँदा के असर पर्छ भन्ने चेतनाको कमी र गर्भनिरोधक औषधी साधनबारे चेतनाको कमी भएर धेरै सन्तान जन्माएको पाईएको छ ।  उनका १४ सन्तान मध्ये ७ जनको मृत्यु भयो । ७ जना सकुशल रहेका छन् । ७ वर्षिया कान्छि छोरीले कक्षा तिनमा पढ्छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक एक सन्तान जन्मीए पछि उनि हजुर आमा बनेको खुशी सुनाउँ छिन् । 

जन्मान्तर कम गराउन हाल सम्म राज्य र दातृ निकायबाट करोडौं खर्च भई सकेको छ तर सदरमुकाम नजिैकैको अवस्था भने यस्तो हुनु लज्जाको विषय हो कि ?  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…