२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सडक खुलाउनका लागि निःशुल्क जग्गादान

२८ जेष्ठ २०७५, सोमबार ०५:४६

जेठ २८, भीमदत्तनगर | कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । 

बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्ने जग्गा निःशुल्क रुपमा दान गरेपछि सो सडक सञ्चालनमा आएको ८३ वर्षीय स्थानीय मनिदत्त भट्टले बताउनुभयो । 

“सडक नहुँदा बन्धकजस्तै भएको थियौं,” उहाँले भन्नुभयो “सडक बनाउने भनेपछि खुशी हुँदै मैले पनि जग्गा दान दिए ।” २०२४ सालमा बसाई सरेर यहाँ आउनुभएका भट्टले सडक नभएकै कारण विगतमा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उक्त सडक नहुँदा पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

स्थानीय तहको अग्रसरताका कारण पनि गाउँमा सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार आउन थालेको उहाँको भनाइ छ । 

“सडक सञ्जालसंग गाउँ जोडिँदा साच्चै सिंहदरबार गाउँमै आएको भान भयो,” उहाँले भन्नुभयो, “अब गाउँका बालबालिकाले पनि स्कूल जाँदा दुःख भोग्नु पर्ने छैन ।” 

स्थानीय बैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले सडक खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउँदै “विद्यार्थीसँगै सडक विस्तार हुँदा यहाँका झण्डै १०० परिवारलाई सहज भएको छ,” भन्नुभयो । सडक नहुँदा विगतमा विद्यार्थी स्कूल सधैँ ढिलो पुग्थे, उहाँले बताउनुभयो । 

स्थानीय जगदीश विष्ट पनि सडक खुलेपछि खुशी व्यक्त गर्नुभयो । आफूले पनि सडक खुलाउन जग्गा दान गरेको जानकारी दिँदै उहाँले सडक खुल्दा गाउँ नै हर्षित भएको बताउनुभयो । 

यहाँको बेतकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले बस्ती लामो समयअघि बसेको भए पनि सडक पहुँचबाट टाढा रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको सक्रियता र स्थानीयको सहयोगमा दुई किलोमिटर सडक बनाइएको बताउनुभयो । 

“स्थानीयवासीसँगै यहाँ स्थापना हुने दैजी छेला आद्योगिक क्षेत्र जान पनि यो सडक छिटो हुन्छ,” वडाध्यक्ष सिंहले भन्नुभयो, “स्थानीयलाई पनि यो सडकले सदरमुकाम र विद्यालय जान सजिलो भयो ।” 

उहाँले स्थानीयले दिएको जग्गामा सडक खोलिएको बताउँदै उक्त सडकमा रु पाँच लाख बराबरको कालोपत्रे हाल्ने बताउनुभयो । लालपूर्जा भएको जग्गामा पनि सडक बनाउन स्थानीयले देखाएको भावनाको वडाध्यक्ष सिंहले सम्मानसमेत व्यक्त गर्नुभयो । 

बेतकोट नगरपालिकाले नगरभित्र सडक नभएको ठाउँमा सडक विस्तारका साथै साँघुरो सडकलाई फराकिलो बनाउने, कालोपत्रे सडक भएको ठाउँमा स्तरोन्नति गर्नेलगायतका कामलाई तीव्रता दिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो