२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा रगतको अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

२०७५, २८ जेष्ठ सोमबार ०६:२९

जेठ २८, चितवन | चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ । 

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ । 

जिल्लाको सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ । दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ । 

जिल्लाका ३०० संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि वैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उहाँले बताउनुभयो । जिल्लामा स्वतःस्फूर्तरुपमा संगठित युवाको संस्था ‘युथ फर ब्लड’, अन्य स्वयंसेवी संस्था र बिरामीका आफन्तले दिएको रगत बिरामीलाई दिइँदै आएको छ । 

क्षेत्रीय रक्तसञ्चार केन्द्रले रगतको माग बढ्ने र मागअनुसारको आपूर्ति बढ्न नसकेपछि प्रोत्साहनका कार्यक्रम शुरु गरेको छ । जसका लागि स्थानीय निकायसँग समन्वय गरी रक्तदान गर्ने संस्थालाई सहयोग गर्न थालिएको छ । 

भरतपुर महानगरपालिकाले एकजना रक्तदाता बराबर रु ५० र भरतपुर महानगरकै वडा नं ३, ४, १२ र २२ ले रु एक–एक सय र वडा नं ६ र ९ ले रु १५० आ–आफ्नो वडामा हुने रक्तदान कार्यक्रमको आयोजकलाई सहयोग उपलब्ध गराउँदै आएका छन् । 

त्यसैगरी रत्ननगर नगरपालिकाले रु १००, खैरहनी नगरपालिकाले रु १००, राप्ती नगरपालिकाले रु ५० र माडी नगरपालिकाले खर्चको आधारमा सहयोग गर्ने जनाएका छन् । 

यससँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थालाई आर्थिक सहयोगका लागि अन्यत्र भौँतारिनु पर्दैन । नेपाल अण्डा उत्पादक संघले एक रक्तदाता बराबर रु २५ सहयोग उपलब्ध गराउँदै आएको छ । 

अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न उपयुक्त हुन्छ । रातो रक्तकोषको आयु ९० दिनको हुने गर्छ । सधैँ यो शरीरमा उत्पादन भइरहने र नष्ट पनि हुने गर्छ । त्यही नष्ट हुने रगत दिएर बिरामीलाई जीवनदान गर्न सकिने भएकाले यसलाई पुण्य कामका रुपमा लिएर रक्तदान गर्ने गर्छन् । पछिल्ला वर्षहरुमा युवा पलायन हुने कारणले रक्तदाताको संख्यामा कमी आएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण