५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा यस्तो अनौठो रुख फेला परेपछि…

२८ जेष्ठ २०७५, सोमबार १२:२८

राम के.सी/जेठ २८, चौतारा | सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । 

घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो । 

करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ । 

त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ । 

खाँदा मीठो लागेपनि एक÷दुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार २०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको थियो । हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ । 

कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् । रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ । 

प्रत्येक जेठ महिनाको पहिलो सातादेखि फल्न शुरु भई असारको पहिलो सातासम्म रहन्छ । त्यसपछि फुटेर झर्न थाल्छ । सो रुखको पात सिउँडी आकारको हुने र पशुले समेत खाँदैनन् । फलेको फललाई चराचुरुङगी र बाँदरले खाने सो फलको बारेमा हालै मात्र वैज्ञानिक परीक्षणको लागि पठाइएको हो । 

त्यसको फल जैतुनको फल जस्तै बल्ने हुँदा परीक्षणद्वारा इन्धनको रुपमा पनि प्रयोग हुनसक्ने स्थानीयको अनुमान छ । 

त्यस प्रकारको रुख यहाँ बाहेक देशको अन्य भागमा नभएको रेञ्जर न्यौपानेले दाबी गर्नुभयो । परीक्षणका रुपमा चौताराको पात्लेपानी वन नर्सरीमा समेत विरुवा उत्पादन गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ