२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा यस्तो अनौठो रुख फेला परेपछि…

२०७५, २८ जेष्ठ सोमबार १२:२८

राम के.सी/जेठ २८, चौतारा | सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । 

घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो । 

करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ । 

त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ । 

खाँदा मीठो लागेपनि एक÷दुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार २०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको थियो । हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ । 

कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् । रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ । 

प्रत्येक जेठ महिनाको पहिलो सातादेखि फल्न शुरु भई असारको पहिलो सातासम्म रहन्छ । त्यसपछि फुटेर झर्न थाल्छ । सो रुखको पात सिउँडी आकारको हुने र पशुले समेत खाँदैनन् । फलेको फललाई चराचुरुङगी र बाँदरले खाने सो फलको बारेमा हालै मात्र वैज्ञानिक परीक्षणको लागि पठाइएको हो । 

त्यसको फल जैतुनको फल जस्तै बल्ने हुँदा परीक्षणद्वारा इन्धनको रुपमा पनि प्रयोग हुनसक्ने स्थानीयको अनुमान छ । 

त्यस प्रकारको रुख यहाँ बाहेक देशको अन्य भागमा नभएको रेञ्जर न्यौपानेले दाबी गर्नुभयो । परीक्षणका रुपमा चौताराको पात्लेपानी वन नर्सरीमा समेत विरुवा उत्पादन गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु