२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिद्युत र टेलिकमको सेवा नियमित हुनुपर्ने सरोकारवालाको सुझाब

२०७५, २८ जेष्ठ सोमबार १६:१४

कमल रावल | जेठ २८, अछाम | अछामको विद्युत सेवा नियमित सहीत सुदृढ् र प्रभाबकारी हुनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन । जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षिय छलफल कार्यक्रमका सहभागिले विद्युत र नेपाल टेलिकमका कर्मचारी स्वंयम जिम्मेवारि हुनु पर्नेमा जोड दिएका थिए । 

जिल्लाका विभिन्न ठाउमा तानियका विद्युत पोल र तारहरु अझै जोखिमपुर्ण अबस्थामा रहेका सहभागिले गुनासो गरेका थिए । ढिलासुस्ती र लापरबाहीका कारण जिल्लामा यो समस्या आउने गरेको समेत सरोकारवालाले बताएका थिए । नेपाली टेलिकमले दिने सेवा गुणस्तरिय सही आगामि दिनमा नियमित्ततामा जोड रहनु पर्ने सहभागिले सुझाब दिएका थिए । सहभागिको जिज्ञासाका उत्तर दिदै नेपाल विद्युत प्राबिधिकरणका क्षेत्रिय निर्देशक तारामान शर्माले सकेजती उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर विद्युत नियमीत गराउन पहल गर्ने बताउनु भयो । कैलाश खोलाको विद्युतलाई प्रभाबकारी रुपमा संञ्चालन गर्न अझै बढि मर्मत गर्न जरुरी उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल टेलिकमका क्षेत्रिय निर्देशक बृद्धकृष्ण मानन्धरले अछाम जिल्लामा अभाब सबै टवर सन २०१८ डिसेम्बर निर्माण गरिसक्ने बताउनु भयो । 

अछाममा आवश्यक २९ वटा टवर मध्ये १५ हाल संञ्चालनमा रहेका र ६ स्थानमा निर्माण कार्य जारी रहेको बताउनु भयो । सर्वपक्षिय छलफल कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवर, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, रामारोशन गाउपालिका अध्यक्ष झंकर साउद, चौरपाटी गाउपालिका अध्यक्ष हर्क साउद, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा, रामारोशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बोहरा, नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाना लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी