२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

२०७५, ३० जेष्ठ बुधबार ०७:१७

जेठ ३०, तनहुँ | पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक प्रजाको उक्त अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनतर्फ लगिएको प्रहरीले जनाएको छ । 

सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ३ ख २७८६ नं को ट्रक आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो । कुँवरको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी