2026-09-08 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा यसरी गरियो बिकासका लागी रेडियो (फोटोफिचर )

जेठ ३०, मुगु | मुगु जिल्लाको विकास चुस्त दुरुस्त बनाउन टेवा पुगोस भन्ने उदेश्यका साथ खुल्ला रेडियो बहस मंगलबार मुगु जिल्लाको सदुमुकाम गमगढीमा सम्मन्न भएको छ । 

नेपाल सरकार, एन्टेना फाउन्डेशन नेपाल यूकेएड र ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरणको समन्वय तथा सामुदायिक  रेडियो मुगु १०७.४ मेगाहर्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। खुल्ला रेडियो बहसमा कार्यक्रममा स्थानीय सरकारको सहभागीतको बिषय छलफल गरिनुका साथै आर्थिक बर्ष २०७४ र ०७५ मा पारित योजनको अवस्थाका बारेमा छलफल गरी बहस मार्फत जानकारी गराईएको थियो । 

कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालीकाका मेयर हरिजङ्ग शाहिले  मुगुको दिगो विकास र समृद्धिका लागी बिकास निमार्ण, पर्यटन प्रवर्दनसहित सडक, खानोपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विजुली र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर नगरपालीका अघि बढिरहेको बताए । उनिका अनुसार प्रत्येक वडा वडामा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण र घरघरमा करेसा बारीको लक्ष्य सहीत नगरपालीकाले काम गरीरहको जानकारी दिनुभयो । यता सोरु गाउँपालीकाकी उपाअध्यक्ष राज्य लक्ष्मी मल्ल बंमले सोरु गाउँपालीकामा महिला पुरुषमा समान सहभागिता र महिलाको आयआर्जन र आत्मनिर्भरका कार्यक्रमलाई अघि सारेर काम गरिरहेको बताउनु भयो । सोरु गाउँपालीकामा भौगौलिक विकट्तासंगै दरबन्दी अनुपातमा कर्मचारी व्यवस्थापन नहुँदा भने काम गर्नमा केहि बाधा भएको उहाँको भनाई छ । बहस कार्यक्रमा खत्याड गाउँपालीकाका उपाध्यक्ष जया नन्दी रावल मुगुम कामरोगं गाउँपालीकाआ नासु टेक बहादुर शाहि र छायानाथ रारा नगरपालीका वडा नं २ का वडा अध्यक्ष परेक लाल चौलागाइले  स्थानीय सरकारको निति अनुसार काम भईरहेको बताएका थिय । बहसको सहजिकरण रेडियो मुगुका समाचार प्रमुख नन्द बहादुर रोकायाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ