२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पत्रकार अर्यालको निधन

३० जेष्ठ २०७५, बुधबार ०९:२२

जेठ ३०, चितवन | राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षका उमेरमा निधन भएको छ । 

श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उहाँको निधन भएको हो । विसं २०१२ मंसिर २७ गते चितवन, कोराकमा जन्मनुभएका अर्या पत्रकारिता विषयमा स्नातक हुनुहुन्थ्यो । उहाँले १५ वर्षसम्म राष्ट्रिय समाचार समितिमा पत्रकारका रुपमा रहेर काम गर्नुभएको थियो । क्षेत्रीय कार्यालय पोखरा, बुटवल लगायत क्षेत्रमा रहेर उहाँले राससमा सेवा गर्नुभएको थियो । 

उहाँले राससमा रहँदा फ्रान्सस्थित एएफपीमा दुईमहिने तालीमसमेत लिनुभएको थियो । यसका अतिरिक्त पत्रकारितासम्बन्धी विभिन्न तालीममा सहभागी हुनुभएको थियो । उहाँले चितवन जिल्लामा २०५४ साल पुस ९ गतेदेखि ‘चितवन पोष्ट’ साप्ताहिक चलाई २०५६ साल साउन १ गतेदेखि दैनिकको सम्पादक प्रकाशक रहनुभएका अर्याल निरन्तर पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । 

उहाँ साहित्यिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्थ्यो । उहाँका चार कविता संग्रह प्रकाशित छन् । उहाँका कान्छा छोरा भाष्करका अनुसार उहाँले निरन्तर ४० वर्ष पत्रकारिता गर्नुभएको छ । अर्यालका दुई छोरा र श्रीमती हुनुहुन्छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की