2026-08-31 08:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पत्रकार अर्यालको निधन

जेठ ३०, चितवन | राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षका उमेरमा निधन भएको छ । 

श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उहाँको निधन भएको हो । विसं २०१२ मंसिर २७ गते चितवन, कोराकमा जन्मनुभएका अर्या पत्रकारिता विषयमा स्नातक हुनुहुन्थ्यो । उहाँले १५ वर्षसम्म राष्ट्रिय समाचार समितिमा पत्रकारका रुपमा रहेर काम गर्नुभएको थियो । क्षेत्रीय कार्यालय पोखरा, बुटवल लगायत क्षेत्रमा रहेर उहाँले राससमा सेवा गर्नुभएको थियो । 

उहाँले राससमा रहँदा फ्रान्सस्थित एएफपीमा दुईमहिने तालीमसमेत लिनुभएको थियो । यसका अतिरिक्त पत्रकारितासम्बन्धी विभिन्न तालीममा सहभागी हुनुभएको थियो । उहाँले चितवन जिल्लामा २०५४ साल पुस ९ गतेदेखि ‘चितवन पोष्ट’ साप्ताहिक चलाई २०५६ साल साउन १ गतेदेखि दैनिकको सम्पादक प्रकाशक रहनुभएका अर्याल निरन्तर पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । 

उहाँ साहित्यिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्थ्यो । उहाँका चार कविता संग्रह प्रकाशित छन् । उहाँका कान्छा छोरा भाष्करका अनुसार उहाँले निरन्तर ४० वर्ष पत्रकारिता गर्नुभएको छ । अर्यालका दुई छोरा र श्रीमती हुनुहुन्छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार