२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया अस्मिताको ज्यान गयो

२०७५, ३० जेष्ठ बुधबार ११:४३

जेठ ३०, भक्तपुर । बुधबार भक्तपुरकाे जडिबुटीमा टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरकाे पछाडि सिटमा रहेकी एक महिलाको ज्यान गएको छ ।  मृत्यु हुनेमा काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारी रहेको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते मात्र रहेको जनाइएको छ ।

बा.४ ख ३५५८ नम्बरकोे टिपरले बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गर्दा त्यतै गइरहेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई जडिबुटीमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भण्डारीलाई उपचारका लागि ललितपुरको बि एण्ड बी अस्पतालमा लगिएकोमा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । 

 ठक्कर दिने टिपरमा दुर्घटनापछि आक्रोशित भीडले आगो लगाइदिएको छ । आगलागीबाट टिपरमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । ठक्कर दिने ज्यान लिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयले निकैबेर सडकमा नाराबाजी गरेका थिए ।

दुइवटा दमकललेको सहयोगमा टिपरको आगो नियन्त्रणमा लिइसकिएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस